प्रदेश

शिक्षामा झन्डै २ खर्ब रुपैयाँको बजेट, ६ कक्षासम्मका विद्यार्थीले दिवा खाजा पाउने




जेठ १५,
काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षका लागि शिक्षा क्षेत्रलाई पनि जोड दिएको छ । आर्थिक वर्ष २०७९र८० को लागि शिक्षाको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकातर्फ गरी झन्डै दुई खर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई ७० अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा क्षेत्रतर्फ प्रदेशमा पाँच अर्ब ३२ करोड रुपैयाँ र पालिकामा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ विनियोजन भएको छ ।

शिक्षामा पहुँच विस्तार गर्ने, तथ्य र विज्ञानमा आधारित शिक्षाको प्रवर्द्धन गरिने, प्रदेश र पालिकाको सहकार्यमा रोजगारीमूलक जीवनोपयोगी शिक्षा प्रदान गरिने उल्लेख छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यका साथ विद्यार्थीलाई कक्षाकोठाबाटै व्यावसाययिक ज्ञान र सीप प्रदान गरिने बजेटमा उल्लेख छ ।

अहिले एक सय ४० वटा विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रम थप एक सय वटा विद्यालयमा विस्तार गरिने उल्लेख छ । यस्तै मेडिकल शिक्षा अध्ययनमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न मेडिकल कजेल स्थापना गरिने बजेटमा उल्लेख छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आउँदो वर्ष एक हजार दुई सय विद्यालयको प्राविधिक पूर्वाधारसहितका विद्यालय भवन निर्माण गर्न आठ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको छ ।

दिवा खाजा कार्यक्रमलाई क्रमश कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्यसहित आउँदो वर्ष कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिइने बजेटमा उल्लेख छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६