प्रदेश

वर्षाले भैरहवाका बजार जलमग्न




भैरहवा १५ जेष्ठ
शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएकोे छ । वर्षाले मुख्य बजार बैंकरोड, मिलनचोक, सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने देबकोटा चोक लगायतका क्षेत्र जलमग्न भएका छन् । सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्नासाथ जलमग्न हुने गरेको छ ।
पानीको निकाश र नाली पुरिएका कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ । कतिपय ठाउँमा सडकको काम अधुरो छाडेकोले पनि पानीको निकाश हुन सकेके छैन । घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्मेको समस्या खेप्दै आएका छन् । डुबान र जलमग्नको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा पर्ने गरेका छन् ।
विगतका वर्षदेखि यो समस्या दोहोरिँदै आएको छ । बढ्दो सहरीकरणसँगै अव्यवस्थित ढल र प्लास्टिक लगायतका फोहोरले वर्षाको पानी सडकमा जम्ने गरेको छ । भैरहवामा ३० दशमलव २ मिलिमिटर पानी परेको भैरहवा विमानस्थलमा रहेको जल तथा मौसम कार्यालयले जानकारी दिएको छ । पानी पर्ने सम्भावना कायम छ, पानीले केही समय हवाई सेवा प्रभावित बनाएपनि हाल सेवा सुचारु भएको छ ।
सडक,नाला भत्काइएकाले पानीले निकास नपाउँदा सडकमा पानी जम्ने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६