प्रदेश

यार्सागुम्बा सुरक्षामा खटिएका प्रहरी बिरामी : हेलिकप्टरबाट उद्धार




रुकुम पूर्व १५ जेठ ।रुकुम पूर्वमा यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कुष्णबहादुर खड्का बिरामी भएपछि शनिवार बेलुका हेलिकप्टरबाट उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक खड्कालाई श्वासप्रश्वासमा समस्या भएको बताउनुभयो । खड्कालाई शनिवार हेलिकप्टरबाट सुर्खेत लगिएको हो । सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको र निमोनियाको समस्या देखिएको डीएसपी डाँगीले जानकारी दिनुभयो ।उच्च हिमाली भागमा अक्सिजनको मात्रा कम हुने हुँदा लेक लाग्ने समस्या हुन्छ । मैकोट, पुपाल क्षेत्रमा जेठ ८ गतेदेखि बहुमूल्य जडीबुटी यार्सा सङ्कलन सुरु भएको स्थानीयवासीले जनाएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६