जेठ १६
काठमाण्डौ : मधेस प्रदेश र प्रदेश(१ का केही ठाउँमा पानी परिरहेको छ । बिहान वाग्मती र गण्डकीका केही ठाउँमा पनि पानी परेको थियो ।
आज देशका पूर्वी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यसैबीच, यसपालि समयमा नै मनसुन भित्रने अनुमान गरिएको छ ।
भारतको केरलामा मनसुन भित्रिसकेकाले नेपालमा पनि समयमा नै भित्रने अनुमान गरिएको हो । मौसमविद् भट्टराईका अनुसार सामान्यतया केरलामा मनसुन भित्रिएको १० दिनमा नेपालमा भित्रने गर्छ । जुन १३ तारिखमा नेपालमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने मानिन्छ ।
जुन महिना सुरु हुन अब दुई दिन मात्र बाँँकी छ । मनसुनी गतिविधि सुरु भइसकेकाले यसपालि बेलैमा मनसुन भित्रने अनुमान गरिएको हो ।








प्रतिक्रिया