प्रदेश

हरेक काम नयाँशैली र छरितोसंग गरौ : मेयर अर्याल ,निर्वाचित जनप्रतिनिधिलाइ पहिलो तालिम फलदायी




बिकास थापा
कपिलवस्तु१६ जेठ ।हरेक काम नयाँशैली र छरितोसंग गर्नुपर्न मेयर चक्रपाणीअर्यालले बताउनु भयेको छ ।उहाले निर्वाचित जनप्रतिनिधिलाइ पहिलो तालिम फलदायी हुने बताउनु भयो । अभिमतबाट स्थानिय सरकार सञ्चालन गर्ने अधिकार पाएको भन्दै ५ बर्षको समयभरि एउटै परिवार भित्र रहेर सहकार्य गर्ने बाणगंगा नगरका प्रमुख अर्यालले बताउनुभएको छ । नव निर्वाचित जनप्रतिनिधीहरुका लागि २ दिने स्थानिय सरकार सञ्चालन तथा स्थानिय बिकास सम्बन्धि अभिमूखिकरण तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अर्यालले पालिका भित्रको सहकार्य नगरको समृद्धि र नमुनाका लागि हुने बताउनुभयो ।
सपथका बेलमा गरेका बाचालाई कहिले नभूलि सबैलाई समान ढंगले ब्यहार गर्दै समृद्ध नगरका लागि खट्ने उहाको भनाई छ । कुनै पार्टीको जनप्रतिनिधि नभई साझा सबैको जप्रतिनिधि भएको भन्दै काम कर्तब्यका बारेमा तालिमबाट सिकेर ब्यहारमा उतार्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रमका बोल्दै नगरपालिकाका उपप्रमुख रिता थारुले तालिममा सक्रिय सहभागि भई नगरमा आफ्नो भूमिका र जिम्मेवारीलाई निभाउन सबैमा सुझाब दिनुभयो ।
नगरबाट कामकारबाहीमा अलमल नहोस ,सबै नगरबासीका कामलाई छिटोछरितो गर्दै शुुसासनका साथ काम गर्न सहज होस भन्ने उद्देश्यका साथ तालिम सञ्चालन भएको प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताउनुभयो । मंगलबार सम्म चल्ने अभिमूखिकरण तालिममा स्थानिय सरकार सञ्चालन ऐन ,सबिधानले प्रदान गरेका अधिकार केके छन ? काम गर्दाका प्रक्रिया लगाएतका बिषयमा छलफल हुने बताउनुभभएको छ ।
नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षता ,उपप्रमुख रिता थारु, प्रमुख प्रशासयिक अधिकृत टेकराज पन्थी, निर्वाचन कार्यालय बाणगंगाका प्रमुख टेकराज अर्याल ,बुद्ध आवाज टेलिभिजन÷ रेडियोका ब्यवस्थापक भेषराज पाण्डे लगाएतको आतिथ्यता रहेको थियो ।
२ दिन सम्म चल्ने अभिमूखिकरण तालिमको प्रशिक्षकको रुपमा कपिलवस्तु नगरपालिका प्रमुख प्रशासकिय अधिृकत शेषकान्त पौडेल रहनु भएको छ । यस्तै कार्यक्रमकै अबसरमा नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई नगरप्रमुख अर्यालले सपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु ,कार्यपालिका सदस्य , नगरसभा सदस्य , नगरका कर्मचारी ,सञ्चारकर्मी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन नगरका प्रशासन शाखा अधिकृत केशबराज भट्राईले गर्नुभएको थियो ।
यसैबिच नव निर्वाचित जनप्रतिनिधीहरुबाट हैजा बिरुद्धको खोप अभियान एक समारोका विच सुरुवात गरिएको छ । जेठ १६ गतेदेखी गते देखि २२ गते सम्म संचालन गरिनेछ । १ वर्ष माथिका सम्पूर्णले हैजा विरुद्दको खोप सेवन गरौं, हैजाहुन बाट बचौं र बचाऔं भन्ने अभियानका साथ अभियान शुरु भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६