प्रदेश

दोर्दी खोला जलविद्युत कम्पनीले जेठ २६ देखि आईपीओ बिक्री गर्ने




जेष्ठ १७
काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि सर्वसाधारणको लागि साधारण शेयर आईपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता एकसय दरले २१ लाख २५ हजार ५ सय ९ कित्ता शेयर बिक्री गर्न लागेको हो। त्यो मध्ये ६५ हजार ८ सय ६५ कित्ता अर्थात् ३ प्रतिशत कर्मचारीका लागि र १ लाख ९ हजार ७७५ कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी २० लाख १९ हजार ८६९ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो। शेयर खरिद गर्न चाहनेले जेठ २६ देखि ३१ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६