कपिलवस्तु १७ जेठ । जन निर्वाचित प्रतिनिधीलाई काम गर्ने शैली अधिकार र कर्तब्यवारे अभिमुखीकरण तालिम दिनेमा बाणगंगा सबै भन्दा अगाडी भएको छ । अन्य कतिपय स्थानमा तालिम बिना जनप्रतिनिधीले काम थालेको भएपनि बाणगंगामा भने २ दिने तालिमपछि जनप्रतिनिधीले काम गर्ने भएका छन् । स्थानीय जनप्रतिनिधीलाई स्थानीय तह संचालन ऐन नियम र बाणगंगाले वनाएका विभिन्न नीति नियम कार्यविधी सहित ६४ प्रकारका ऐन नियम र कानुनवारे २ दिन सम्म अभिमुखीकरण गरिएकोे प्रमुख प्रशासकीय अघिकृत टेकराज पन्थीले वताउनु भयो।
हिजो र आज दिन सम्म चलेको अभिमूखिकरण तालिमको प्रशिक्षकको रुपमा कपिलवस्तु नगरपालिका प्रमुख प्रशासकिय अधिृकत शेषकान्त पौडेल र बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी रहनु भएको छ । पहिलो कार्यकाल उपमेयर चलाएर दोश्रो कार्यकालमा मेयर बन्नु भएका चक्रपाणी अर्यालले समेत निर्वाचित प्रतिनिधीलार्इृ तालिम दिनु भएको छ । तालिममा नगरका मेयर उपमेयर वडाध्यक्ष कार्यपालिका सदस्य र वडा सदस्य सहित निर्वाचित सबै प्रतिनिधी रहनु भएको छ । वाणगंगाले सबैभन्दा पहिला यस प्रकारको तालिम दिएको हो । कपिलवस्तुका १० पालिका मध्ये अहिले सम्म अरु कुनैपनि पालिकाले अभिमुखीकरण तालिम चलाएक छैनन् ।
प्रतिक्रिया