प्रदेश

बुटवलमा नापी कार्यालयका अमिन ३० हजार घुससहित पक्राउ




जेठ १७,

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका १२ स्थित जग्गाको हाल साविकमा लागि ३० हजार घुस लिदै गर्दा मंगलबार उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जग्गाको हाल साविक गर्ने क्रममा सेवाग्राहीहरूबाट घुस लिने गरेको भन्ने निवेदन र सूचनाका आधारमा अख्तियारले छापा मारेको बताए । अभियुक्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६