कृषि

पालिका उपाध्यक्ष सहित ६ कांग्रेस नेता कारवाहीमा




दाङ १७ जेठ ।दाङको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई अन्तर्घात गरेर हराएको भन्दै नेपाली कांग्रेस बबईले आफ्नै पार्टीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्कासहित ६ जनालाई कारबाहीको माग गर्दै जिल्ला पार्टी कार्यालयमा सिफारिस गरेको छ ।गत जेठ १५ गते भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टी भित्र अन्तर्घात गरेको ठहर गर्दै बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्कासहित ६ जनालाई साधारण सदस्य नरहने गरी कारबाहीको माग गदै नेपाली कांग्रेस बबईले जिल्ला कार्यसमिति दाङमा सिफारिस पठाएको छ ।
कार्यपालिका सदस्यमा पराजित नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचनमा उपाध्यक्ष र अन्य दुई जनाले रुखमा भोट नहाली सूर्य चिन्हमा भोट हालेको र अन्यले सूर्य चिन्हमा भोट हाल्न सहयोग गरेको भन्दै कारबाहीको मागसहित निवदेन पेश गरेकाले सोको प्रतिलिपिसहित जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्का, वडा नं. ३ की दलित महिला सदस्य मिना कुमारी विक, योजनाकार वडा नं. ५ का क्षेत्रिय प्रतिनिधि प्रशुराम भुषाल, योजना कार्यान्वयन गर्नेहरु वडा नंं. ६ क्रियासिल सदस्य देवेन्द्र देवकोटा, वडा नं ४ का क्रियासिल सदस्य नर वहादुर परियार, क्षेत्रिय नं. ३ का क्षेत्रिय प्रतिनिधि उर्मिला बस्याललाई पार्टीको साधारण् सदस्य नरहने गरी कार्बाही गर्न माग गर्दै कार्यपालिका उम्मेदवारले नेपाली कांग्रेस बबईमा निवेदन पेश गरेका थिए ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्ये २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेले जितेको थियो । जेठ १५ गते भएको बबई गाउँपालिको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्कासहित अन्यले सूर्य चिन्हमा भोट हालेर हार व्यहोर्नु परेको नेपाली कांग्रेसका उम्मेदवारले आरोप लगाउदै आएका छन् ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६