अछाम, १८ जेठ । अछाममा पुनः मतदानपछि भएको मतगणनामा एमाले विजयी भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा पुनः भएको मतदानमा एमाले विजयी भएको हो । जसमा वडा अध्यक्ष रूप बहादुर कुँवर ५९९ मत ल्याई विजयी हुनुभएको छ । यहाँ बैशाख ३० गतेको निर्वाचनमा गठबन्धन र एमाले कार्यकर्ताबीच झगडा भएपछि मतदान स्थागित भएको थियो ।
दोस्रो मतदानमा एकीकृत समाजवादीका उम्मेदवार एमालेसँग ४० मतले पराजित भएको हो । जसमा समाजवादीका उम्मेदवारले ५६९ मत प्राप्त गरेका थिए । त्यस्तै वडा सदस्यहरुमा पनि ३ जना एमालेबाट निर्वाचित भएका छन् । एक खुला सदस्यमा भने नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
१८ जेष्ठ २०७९, बुधबार
प्रतिक्रिया