कपिलवस्तु १८ जेठ । कपिलवस्तु जिससको यहि जेठ २७ भित्र चुनाव गर्ने तयारी भएको निर्वाचन कार्यलय कपिलवस्तुले वताएको छ । जस अनुसार जिससको नेतृत्व लिन कांग्रेस र एमालेले कसरत गरेपनि दुबैसंग बहुमत छैन । कांग्रेसले २० मध्ये ८ र एमालेले ७ जना पालिका प्रमुख उपप्रमुख जितेकोछ । जसपाका २ माओवादीका एक राप्रपाका १ र लोसपाका १ लाई जसले प्रभावित गर्न सक्छ त्यसैले गठबन्धन वनाएर जिससको नेतृत्व लिन सक्छ । यो काम कांग्रेसले सत्ता गठबन्धनका हिसावले सहज भएको आकलन गरेपनि राप्रपा र लोसपा गठबन्धन भित्र नरहेकाले उसलाई पनि सहज छैन । एमालले पनि अहिले सम्म भरपर्दाे आधार फेला पार्ननसकेको एमालेका नेताहरु वताउछन् ।
स्वयम एमाले र कांग्रेस मिल्ने संभावना पनि रहेको नेताहरुको भनाइछ । शिवराज नगरपालिकाको कार्यपालिकामा एमाले र कांग्रेस मिलेर सहकार्य गरेकाले जिससमा पनि त्यसो नहोला भन्न सकिन्न कांग्रेसका एक नेताले वताए । तर यो विकल्पमा दुबैले प्रमुख दावि गर्ने उपप्रमुख लिन नखोज्ने समस्या आउन सक्ने वताइन्छ । एमाललेले बाबुराम आचार्यलाई जिससको नेतृत्वमा लैजाने आन्तरीक् सहमति गरेपनि कांग्रेसले भने अहिले सम्म टुंगो लगाएकोछैन । कांग्रेसले जिससमा लैजान कपिलवस्तुको भलवाडवाट सदस्यमा लडाएका पूर्व जिल्ला उपसभापति हरिाज घिमिरे पराजित भएपछि अहिले जिल्ला कोषध्यक्ष शोहरत तेली , महाराजगंजका यम वहादुर केसी लागयतका नेताको नाम जिसस प्रमुखको चर्चामा छ तर कांग्र्सले टुंगो लगाई नसकेको वताइएकोछ ।
यता कांग्रेसका जिल्ला कोषाध्यक्ष तेलीले आफू जिसस प्रमुख बन्ने कुरा पार्टीको चाहाना भएकोले सदस्य जितेको वताउनु हुन्छ । सायद निर्णय छिटटै हुन्छ आफूले लामो समयदेखि निष्ठा र त्यागको रजानीति गरेकाले जिससमा पठाउनेमा पार्टीले विमती किन गर्ला र भन्ने प्रश्न गर्नु भयो । यता एमालेवाट जिसस प्रमुख प्रस्तावित वावुराम आचार्यले त चुनाव लड्दा नै जिससको नेतृत्व गर्ने चाहानाले आफू सदस्य उम्मेदवार भएको वताउदै आउनु भएको थियो । आफू पार्टीको निर्णयवाटै अघि सरेको वताउदै एमालेले यसपाली सबै विकल्पलाई महत्व दिएर सकभर मिलाएर नेतृत्व गर्ने प्रयासमा रहेको उहाको भनाइछ ।
१८ जेष्ठ २०७९, बुधबार








प्रतिक्रिया