प्रदेश

रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु




१८ जेष्ठ रुपन्देही ।
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार शुद्धोधन गाउँपालिका वार्ड –४ स्थित सडकमा लु ७८ प २४०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।
सोही गाउँपालिका वडा नम्बर ७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६