प्रेसपार्टी १८ जेष्ठ
परासी । नवलपरासी पश्चिममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बर्दघाट नगरपालिका ११ विजयपुरका अन्दाजी ४०÷४५ बर्षिय इन्द्र बहादुर चौधरीको मृत्यु भएको हो ।
आज विहान खेत हेर्न गएका बेला पानीसङ्गै परेको चट्याङ लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण घिमिरेले बताए । उनको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।
१८ जेष्ठ २०७९, बुधबार
प्रतिक्रिया