प्रदेश

पाठ्यपुस्तक असार पन्ध्रभित्र




बाँके, जेठ १८ ।
लुम्बिनी प्रदेशमा नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन नियमित हुन सकेको छैन । लुम्बिनी प्रदेशका दाङ, सल्यान, रोल्पा, पूर्वीरुकुम, पश्चिम रुकुम, बाँके र बर्दियामा पाठ्यपुस्तकको अभावमा शैक्षिक गतिविधि सञ्चालनमा समस्या देखिएको छ ।

पुस्तक वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख रवीन्द्र शर्माले तीनवटा कक्षाका सम्पूर्ण सेट प्राप्त नभएका कारण विद्यालयमा सम्पूर्ण पुस्तक पठाउन नसकिएको बताउनुभयो ।

जनक शिक्षाले एजेन्सीमार्फत विद्यालयमा पुस्तक वितरण गर्दै आएको छ । जनक शिक्षाका अनुसार कक्षा ५ को नेपाली र गणित, कक्षा ६ को नेपाली, अङ्ग्रेजी र स्वास्थ्य तथा कक्षा ७ को विज्ञान र नेपाली विषयको पाठ्यपुस्तक अभाव छ । हालसम्म करिब २५ हजार सेट पाठ्यपुस्तक एजेन्सीमार्फत विद्यार्थीको हातमा पु–याइसकेको जनक शिक्षाले जनाएको छ ।

प्युठान भने जनक शिक्षाको बुटवलस्थित कार्यालयको जिम्मेवारीमा पर्दछ । बाँके र बर्दियामा धमाधम पाठ्यपुस्तक पु–याउने कार्य भइरहेको छ । कक्षा ५, ६ र ८ का छुटेका विषयका पुस्तक असार १५ भित्र आइपुग्ने केन्द्र प्रमुख शर्माले जानकारी दिनुभयो ।

यस वर्ष स्थानीय तहको निर्वाचनका लागि करिब दुई करोड मतपत्र छाप्नु परेकाले पाठ्यपुस्तक छपाइ कार्य प्रभावित भएको हो । यसबाहेक कागजको जिम्मेवारी पाएको फर्मले रुस–युक्रेन युद्धलाई कारण देखाउँदै समयमै पर्याप्त कागज उपलब्ध गराउन नसकेका कारण पनि समयमै पुस्तक छाप्न नसकिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६