कास्की १९ जेठ । कास्कीमा आमा(छोरी मृत भेटिएका छन् । चितवन रत्ननगर नगरपालिका(१३ घर भई कास्की पोखरा महानगरपालिका(८ सिर्जना चोक नजिक डेरा गरी बस्ने वर्ष ३६ की सुशीला शर्मा र उनकी सात बर्षीया छोरी सोनिका बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।उनका अनुसार कोठामा ढोकाको चुकुल लगाई सुशीला पंखाको हुकमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको र निजको छोरी ओछ्यानमा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
१९ जेष्ठ २०७९, बिहिबार
प्रतिक्रिया