जेठ १९, २०७९
काठमाण्डौ ( खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस सुरु भएको हो । दिवस आउँदो २४ गतेसम्म मनाइनेछ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा। मतिना वैद्य जोशीका अनुसार खाद्य स्वच्छता सप्ताहमा उपभोक्तालाई खाद्य स्वच्छतासम्बन्धी चेतनामूलक कार्यक्रम हुनेछन्।
विभाग र मातहतका कार्यालयबाट होटल, रेस्टुरेन्ट अनुुगमन निरीक्षण गरी स्तरीकरण लोगो वितरण गरिनेछ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०को तथ्याङ्कअनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झन्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् । अस्वस्थकर खानाकै कारण बर्सेनि २ लाख ३० हजारको ज्यान जाने गरेको छ । अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा धेरै रोग लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ।
१९ जेष्ठ २०७९, बिहिबार
प्रतिक्रिया