अर्थ-वाणिज्य

स्थानीय तहलाई संघ सरकारको बजेटः बुटवल उपमहानगरलाई भन्दा तिलोत्तमा धेरै




१९ जेष्ठ
बुटवल । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९र०८० का लागि रुपन्देहीका १६ स्थानीय तहलाई जम्मा ७ अर्ब ३४ करोड ५१ लाख बजेट विनियोजन गरेको छ । संघीय सरकारले विनियोजन गरेको बजेट अनुसार बुटवल उपमहानगरपालिकाले भन्दा तिलोत्तमा नगरपालिकाले धेरै बजेट पाएको छ।

तिलोत्तमा नगरपालिकाले ८९ करोड ६९ लाख बजेट पाउँदा बुटवल उपमहानगरपालिकाले ८६ करोड ४३ लाख बजेट संघ सरकारबाट पाएको छ । तिलोत्तमा नगरपालिकाले समानीकरण अनुदानमार्फत २६ करोड ७० लाख, सशर्त अनुदानमार्फत ६० करोड १९ लाख, विशेष अनुदान मार्फत १ करोड ५० लाख र समपुरक अनुदानमार्फत १ करोड २० लाख रकम दिने निर्णय गरेको छ ।

यस्तै बुटवल उपमहानगरपालिकाले समानीकरण अनुदानमार्फत ३४ करोड ८० लाख, सशर्त अनुदानमार्फत ४५ करोड २३ लाख र समपुरक अनुदानमार्फत ६ करोड ६० लाख रुपैयाँ पाउने भएको हो।

यस्तै देवदह नगरपालिकाले ४८ करोड ६० लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड २९ लाख, सिद्धार्थनगर नगरपालिकाले ५६ करोड र सैनामेना नगरपालिकाले ४३ करोड ७२ लाख अनुदान पाउने भएको छ । यस्तै १० वटा गाउँपालिका रहेको रुपन्देहीमा सबैभन्दा बढी बजेट सियारी गाउँपालिकाले ४३ करोड १३ लाख बजेट पाएको छ । सबैभन्दा कम भने ओमसतिया गाउँपालिकाले ३० करोड २७ लाख बजेट पाएको छ ।

कंचन गाउँपालिकाले ३५ करोड ८३ लाख, कोटहीमाई गाउँपालिकाले ३२ करोड ६६ लाख, गैडहवा गाउँपालिकाले ३५ करोड ६९ लाख, मर्चवारी गाउँपालिकाले ३३ करोड १९ लाख, रोहिणी गाउँपालिकाले ३६ करोड ११ लाख, शुद्धोधन गाउँपालिकाले ३५ करोड ४१ लाख, सम्मरीमाई गाउँपालिकाले ३४ करोड ९६ लाख र मायादेवी गाउँपालिकाले ३८ करोड ७३ लाख पाएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६