प्रदेश

विजयनगरका स्थानिय युवाले अध्यक्ष र उपाध्यक्ष माझ यस्ता सवाल उठाए




रक्षा पौडेल जेठ १९ ,कपिलवस्तु ।
कपिलवस्तुको विजयनगरमा विहिवार स्थानिय युवा र विजयनगर गाउँपालिकाको सहकार्यमा सवाल जवाफ संगै युवा रोजगारका बिषयमा छलफल भएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्तगर्त सञ्चालित दायित्व नेपाल जनप्रशासन फेलोसिप २०२२ को बिशेष कार्यक्रम अन्तरगर्त पालिक अध्यक्ष ,उपाध्यक्षका बिचमा युवाहरुले छलफल कार्यक्रम सञ्चालन गरेका हुन ।
विजयनगरका युवाहरुको सहकार्य समन्वयमा भएको कार्यक्रममा उपस्थित ३० भन्दा बढि युवाहरुले गाउपालिकाले विगतमा युवाहरुका लागि गरेका काम ? छु्टयाएको बजेट ? सार्वजानिक कार्यक्रममा युवाको सहभागिता कस्तो छ ? बिदेशबाट फर्किएका र कृषिमा आवाद्ध युवाहरुका लागि के के काम भए र हुदै छन ? हरेक वडामा खेल मैदान निर्माण कहिले हुने ? माध्यमिक तह सम्म निशुल्क शिक्षा हुने कि नहुने ? विजयनगरमा उच्च शिक्षाका लागि विद्यालयको आवश्यकता लगााएतका प्रश्नहरु गरेका थिए ।


युवाहरुले उठाएका सवालहरुको जवाफ दिदै विजयनगर गाउँपालिकाको अध्यक्ष गोपाल बहादुर थापाले युवा सञ्जालको गठन गरि सबैलाई एकजुट बनाई यसबर्ष योजना र बजेट बिनियोजन गरिने बताउनुभएको छ । बेराजगार युवाहरु र कृषिमा जोडिएका युवाहरुलाई अनुदान दिदै यस बर्ष स्वारोजगार हुने खालका बिशेष कार्यक्रम र बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संगै आफ्ना कुराहरु गाउपालिका समक्ष जतिबेला भने पनि सम्बोधनका लागि लागि गर्ने बिश्वास दिलाउनुभयो । यस्तै उच्च शिक्षाको लागि बाहिरी पालिकामा जाने बाध्यतालाई पनि हटाउन सक्दो प्रयास रहने उहाको भनाई छ । विगतका बर्षमा युवाहरुको खेल क्षेत्रमा केही लगानी गरेको भन्दै राम्रा प्रतिभा भएका युवा खेलाडीहरुलाई अघि बढाउन सक्दो प्रयास गर्ने बताउनुभएको छ ।


यस्तै विजयनगर गाउँपालिकाको हरेक वडामा खेल मैदान बनाई खेलाडि उत्पादन गरी राष्ट्रिय खेलाडि उत्पादन गर्ने यस्तै कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष लक्ष्मि कुमारी थारुले पालिका भित्र भइरहेको बाल श्रम अन्त्य गरी बाल उद्दार कोष निर्माण गर्ने र महिला हिंसा अन्त्य गरी महिला उद्दार कोष निर्माण गर्ने बताउनुभयो । यस्तै युवती किशोरीहरुलाई पनि जोड्दै सञ्जाल जुटेर सहकार्य गर्न आफु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बिजयगर गाउपालिका वडा नं ५ का वडा अध्यक्ष अनवर मो.मुसलवान, भैसी स्रोत केन्द्र कार्यक्रमका सामाजिक परिचालक जय प्रकाश यादवको आतिथ्यता रहेको थियो । युवा समूहका सदस्य रक्षा पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा युवा समूहका सदस्य सरोज थापाको अध्यक्षता र दायित्व नेपाल जनप्रशासन फेलो विकाश थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६