अर्थ-वाणिज्य

बाणगंगा नगरको फेरी नयाँ आयाम : कपिलवस्तु कै पहिलो बालश्रम मुक्त हुदै




कपिलवस्तु १९ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिकालाई बालश्रम मुक्तनगर घोषणाका लागि आवश्यक तयारीको काम शुरु गरिएकोे छ । वाणगंगा नगरपालिका अन्तरगत गठित बालश्रम मुक्त स्थानीय समन्वय समितिको १ सय १६ औं वैठकले नगरलाई बालश्रम मुक्तबनाउने तयारीका काम अघि बढाएको छ ।वैठकमा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले विगतमा बालमैत्री नगरपालिका घोषणा भइसकेकाले यसको निरन्तरता र दिगोपनामा समेत नगरपालिकाले काम गरिरहेकाले बालश्रम मुक्तनगर घोषणाका लागि आवश्यक सूचक पुरागरी चाडै नै घोषणा गर्न सकिने बताउनुभयो । समितिको अध्यक्ष समेत रहनु भएकानगर प्रमुखअर्यालले नगरपालिका, मातहतकासवै निकाय, संघसंस्था, संचारकर्मीको समन्वय सहयोग र सहकार्यमा घोषणा गरिने बताउनुभयो ।

संंघीय सरकारको परिपत्र अनुसार नगरपालिका लाई बालश्रम मुक्तनगर घोषणा गर्न पुरा गर्नुपर्ने ७ वटा सूचककाबारेमा छलफल गरी घोषणाको तयारी गरिने वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । उहाँले वाणगंगा नगरपालिका बालमैत्री नगर घोषणा भईसकेकोले बालश्रम मुक्त नगरकालागि पुरा गर्नुपर्ने सूचकहरु, विषयगत शाखा, विभिन्न निकायको सहयोग र सहकार्यमा पुरा गरिने बताउनुभयो ।बालश्रम मुक्तनगर घोषणाका लागि उद्योग, कलकारखाना, होटल व्यवसाय, रेष्टुरेन्ट, यातायात, मनोरञ्जन क्षेत्र, सडक, लागुपदार्थ ओसारपसार तथा वेचविखनमा संलग्न, घरेलुबालश्रम राख्नपाइने छैन । नगर क्षेत्रभित्र त्यस्ता बालश्रम कतै भेटिए तत्काल नगरपालिकामा जानकारी दिन समेत नगरपालिकाले अनुरोध गरेको छ ।
उक्त कार्यलाई रोकथाम तथा सचेतना अभिवृद्धि गर्न विभिन्न निकाय, संघसंस्थासंग सहकार्य गर्दै आवश्यक सूचना संकलन, सहयोग तथा जनचेतनाका कार्यक्रम संचालनगरिने महिला तथा बालबालिका शाखा प्रमुख शुशिला पन्थले जानकारी दिनुभयो । समितिको वैठकमा इलाका प्रशासन कार्यालय, कपिलवस्तु उद्योग वाणिंज्य संघ, सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु नागरिक समाज, मानवअधिकार समिति, इलाकाप्रहरी कार्यालय, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६