प्रदेश

कृषी र पशुपालनका समस्या समाधान गर्न नगर लागीपर्छ : नगर उपप्रमुख चौधरी




प्रयास पोख्रेल,भगवती न्यौपाने
कपिलवस्तु जेष्ठ २० ।
कपिलबस्तुको बाणगँगा नगरपालिकामा रहेको बहुउद्धेशिय कृषि सहकारी सँस्था लिमीटेडले सार्बजानिकीबरण कार्यक्रम सम्पन्न गरेको छ । बाणगँगा नगरपालिकाको पशुसेवा साखा र बहुउद्धेशिय कृषि सहकारी सँस्थाको साझेदारीमा मासु मिसन अन्तर्गत पाडा पर्वद्धन कार्यक्रम कपिलबस्तुको बाणगँगा नगरपालिका वडा न. ८ को मधुवनमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख रिता चौधरीले मासु मिसन कार्यक्रम निकै सराहनिय रहेको भन्दै सफलताको शुभकामना दिनुभएको छ । उहाँले बाणगंगा नगरपालिका कृषि र पशुमा आस्रित रहेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरु भव्य र सभ्य रुपमा सम्पन्न गर्न नगरपालिको भरपुर साथ रहने बताउनुभएको छ ।
अहिले देशमा अर्थतन्त्रमा समस्या परेको बताउँदै यसलाइ नियन्त्रण गर्न हरेक क्षेत्रमा कृषी र पशुपालनमा जोड दिनुपर्ने बताउनुभएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले उचित बजार मुल्य नहुँदा किसान मारमा पर्ने गरेको बताउदै अब नगरले कृषीका यस्ता समस्या समाधान गर्न लागीपर्ने प्रतिबद्धता समेत गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै वाागंगा नगरपालिका वडा न. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वडा न. ८ कृषि र पशुपालन क्षेत्रमा धेरै सम्भावना बोकेको वडा रहेको बताउदै नगरपालिकामा पर्ने आगामि कृषी वा पशुपालनका धेरै वजेट वडामा पार्नको लागी अहिले यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा पशु साखा प्रमुख राजकुमार तिवारीले पालिका दुध मासु अण्डामा आत्म निर्भर हुन नसक्दा यो कार्यक्रम सुरु गरीएको बताउनु भएको छ । नगरमा ३५ देखि ४० प्रतिशत मात्रै मासुमा आत्म निर्भर रहेको भन्दै अबको ५ वर्ष भित्रमा नगरलाई मासुमा पुर्ण आत्म निर्भर गराउने बताउनु भएको छ । साथै यो पहिलो चरणको कार्यक्रम रहेको र अन्य चरणका कार्यक्रमहरु गर्दै जाने बताउनु भयो ।
उद्यमशिल कृषि सहकारीका अध्यक्ष महेन्द्र ज्ञवालीले सहकारीले मर्म उदेश्य लक्ष्य अनुरुप काम गर्दै आएको बताउदै विगतमा तरकारी पकेट सिन्चाई लगायतका कार्यक्रम सम्पन्न गरिसकेको बताउनु भयो ।
उहाँले सम्रग टोल र नगरको विकास गर्ने उदेश्यले मासु मिसन कार्यक्रम सञ्चालन गरिएको बताउदै उक्त कार्यक्रममा प्रत्यक्ष रोजगारी ५ जनालाई र अप्रत्यक्ष रुपमा २० देखि २५ जनालाई रोजगारी दिने बताउनु भएको छ ।
मासुमिसन कार्यक्रममा नगरपालिकाको कुल १६ लाख ९४ हजार ९०० र सहकारीको १६ लाख ९४ हजार ९०० रुपैया लागतमा कुल ३३ लाख ८९ हजार ८०० रुपैयामा कार्यक्रम सञ्चालन गरीएको हो ।
कार्यक्रममा कार्यपालिका सदस्य सारदा परियार, विश्वास जिसि, वडा सदस्य जुना थारु, पशु प्राविधिक खुमानन्द पोख्रेल, सहकारीका सेयर सदस्यहरु पत्रकार लगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६