अर्थ-वाणिज्य

प्रधानमन्त्री देउवासंग तिलौराकोट गुरु योजना छिट्टै बनाउन माग




कपिलवस्तु २१ जेठ । नेपाली कांग्रेसका यूवानेता एवम लुम्विनी विकास कोषका निवर्तमान कार्यकारीणी सदस्य राजेश ज्ञवालीले प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरि बुद्ध जन्मस्थल र कर्मस्थलको प्रबद्र्धनमा सरकारले तिलौराकोट गुरु योजना बनाउन ढिला नगर्न अनुरोध गर्नु भएको छ ।

लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य समेत रहेका विशेष गरी लुम्बिनी र बुद्ध सम्पादबारे आफूको विगत देखि चासो रहेको र काम गर्दै आएकोले नेपालीको आशा र भरोसाका केन्द्र प्रधानमन्त्री देउवाको बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष चासो बढ्नु पर्ने औल्याउनु भयो । उहाले भारतीय मूलका प्रधानमन्त्री नरेन्द्र मोदीलाईलाई पहिलो पटक लुम्बिनी भ्रमण गराउन सफल भएकोमा प्रम देउवालाई विशेष धन्यवाद ज्ञापन गरेको बताउनु भयो ।

ज्ञवाीलेले भेटमा कपिलवस्तुको समग्र पार्टी भित्रको राजनैतिक अवस्था, विकास र प्राचीन बुद्ध सम्पदाहरुको संरक्षण र विकास केन्द्रित छलफल गरेको वताउनु भयो । उहाले कपिलवस्तुमा कांग्रेसले विगतमा जस्तो धेरै सीट जित्न नसकेकोमा टिकट वितरणमा केहि तालमेल नमिलेको प्रधानमन्त्री देउवालाई जानकारी गराउनु भएको थियो ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६