अर्थ-वाणिज्य

प्रदेश प्रमुखले शेरचनले खोजे तन र मन ,मुख्यमन्त्री केसीले मागे एक एक गौरब




सरिता चौधरी
कपिलवस्तु २१ जेठ
लुम्बिनी प्रदेशका १०९ पालिकाका २ सय १८ जना प्रमुख उपप्रमुख कपिलवस्तुमा जमघट भएर अभिमुखीकरणमा सहभागि भएका छन् । लुम्बिनी प्रदेशले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई सहित अन्तरक्रियाको लागि जमघट गराएको हो । शनिवार चन्द्रौटा स्थित लुम्बिनी ग्रिन रिसोर्टमा भएको कार्यक्रम नवनिर्वाचित जनप्रतिनिधिहरूले प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले काम गर्ने बताएका थिए । कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले जनताको तनर मन दुबैको नजिकमा स्थानीय सरकार हुने भएकाले ती सरकारले जस्तो काम गर्छन जनतामा त्यस्तै छाप बस्छभन्दै जनभावना बुझेर काम गर्न निर्देशन दिनु भयो । उहाले संविधानले दिएको अधिकारलाई ध्यान दिँदै सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । जनताको सेवा गर्ने जनप्रतिनिधिहरूको दायित्व रहेकोले तिन वटा सरकार मध्य जनताको घरदैलोको सरकार स्थानीय सरकार रहेको बताउनुभयो । प्रमुख शेरचनले पालिकाहरूलाई समृद्ध बनाउन सकियो भन्ने प्रदेश पनि समृद्ध हुनेमा जोड दिँदै जीवन स्तर परिवर्तन हुने गरी काम गर्न पालिकाका प्रमुख उपप्रमुखहरूलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रत्येक पालिकामा एउटा गौरवको योजना सुरु गर्न आग्रह गर्नुभयो । अधिकांश पालिकाहरूमा नयाँ नेतृत्व आएको बताउँदै नागरिकहरूको लागि कुनै न कुनै गौरवको योजना सुरु गर्नुपर्ने बताउनुभयो । अबको केही समयमा प्रदेश र सङ्घको निर्वाचन हुने भएकोले प्रदेश सरकारका अधुरा कामहरूलाई पुरा गर्न सरकार लागि परेको बताउनुभयो । कानुन निर्माण देखि अन्य केही विषयमहरुको कामलाई पुरा गर्न तत्पर रहेको बताउनुभयो । मुख्यमन्त्री केसीले नागरिकहरूको मागलाई पुरा गर्ने तवर वाट पालिकाहरूले काम गर्नुपर्ने सुझाव दिनुभयो । धेरै पालिकाहरूमा नयाँ अनुहारहरू आएकोले अवसर र चुनौती लाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।


लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले जनताले दिएको मतलाई सम्मान गर्दै विकास र समृद्धमा सबै जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो । जनताले विकास चाहेको र नवनिर्वाचित जनप्रतिनिधिहरूले त्यो चाहानालाई पुरा गर्ने दायित्व रहेको जिकिर गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा सङ्घीयता विज्ञ तथा राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा,पूर्व राजदूत लिलामणि पौडेल सहजीकरण गरेका थिए ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६