खोज–अनुसन्धान

एमाले सत्ताको खेलमा सामेल छैन :महासचिव पोख्रेल



काठमाडौं २२जेठ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सल्लाह गरेरै आफूहरुलाई प्रधानमन्त्रीको अफर आएको अफवाह फैलाउनु भएको तथ्य खुलेको छ ।

स्थानीय तहको निर्वाचनमा माओवादी र नेकपा एसले धोका दिएको प्रमाणसहित बालुवाटारमा उजुरी परेपछि आगामी निर्वाचनमा एकता नगर्ने त्रासका साथ प्रचण्ड र माधवले एमालेबाट प्रधानमन्त्रीको अफर आएको भन्दै अफवाह फैलाउनु भएको पाइएको हो । बालुवाटार निकट स्रोतका अनुसार निर्वाचनलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा प्रचण्डले ‘एमालेले प्रधानमन्त्री दिने अफर गरेको छ तर पनि म गठबन्धनलाई चुनावपछि पनि लैजाने भनेर बसेको छु, यो कुरा तपाईंले बुझ्नु पर्यो नि,’ भन्दै कथा रच्नुभएको थियो ।

त्यसअघि उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवसँग सल्लाह गरेर कांग्रेसलाई दवावमा राख्न एमालेबाट प्रधानमन्त्रीको अफर आयो भन्ने कुरा गर्ने सहमति गर्नुभएको स्रोतले बतायो । दुवै नेताले आफूलाई आफैले प्रधानमन्त्रीको अफर गर्दै सार्वजनिक रुपमा एमालेबाट प्रस्ताव आएको बताउनु भएको हो ।

प्रचण्ड र माधवले सार्वजनिक रुपमै यस्तो अफवाह फैलाएपछि एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक रुपमा नै एमाले सत्ता परिवर्तनको खेलमा नरहेको र आफू बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको जवाफ दिनुभएको छ । फेसबुकमार्फत पोखरेलले यस्तो जवाफ दिएपछि माओवादी र नेकपा एकीकृतकै नेताहरुले ‘आफैले आफैलाई प्रधानमन्त्रीको अफर’ गरेको तथ्य बुझेका हुन ।

नेकपा एकीकृत समाजवादीका एक नेताले जनताटाइम्स डटकमसँग भने, ‘एमालेका कुनै पनि नेताले मात्रै होइन, कसैले पनि उहाँहरुलाई प्रधानमन्त्रीको अफर गरेको रहेनछ, उहाँहरुले आफैले आफैलाई प्रधानमन्त्री बनाउने कल्पाना गर्दै अफर गर्नुभएको रहेछ ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६