प्रदेश

सुदूरपश्चिमलाई देशकाे सबैभन्दा धनी प्रदेश बनाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री देउवा



काठमाण्डाै, २२ जेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्ताे भन्नुभएकाे हाे । उहाँले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई देशकाे सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणासमेत राख्नुभयो । 

उहाँले भन्नुभयाे, ‘भौगोलिक विकटता र लगानीको सुरक्षा नभएका कारण सुदूरपश्चिम प्रदेशको विकास नभएको हो । लगानीको सुरक्षा हुन सकेको खण्डमा यो प्रदेशलाई सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ । पछि परेको यो प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध छ ।’

प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिमकाे विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । सो बन्दरगाहले सिधै भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोड्ने र त्यसले सुदूरपश्चिमकाे विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो । 

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत् परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताउनुभयो । 

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६