कपिलवस्तु २७ जेठ ।कपिलवस्तुको जिल्ला समन्वय समितीमा एमाले राप्रपा र लोसपा गठबन्धले जित हासिल गरेपछि गठबन्धन आवद्ध ३ पार्टीले संयुक्त कार्यक्रम मार्फत मतदाता प्रतिनिधीलाई धन्यवाद दिएका छन् । यसैगरी जिससका सबै पदाधिकारीलाई भब्य स्वागत गर्दै बधाई ज्ञापन गरेका छन् । एमालेको पार्टी कार्यलयमा आयोजित बधाई ज्ञापन कार्यक्रममा वोल्दै एमालेका पोलिटब्यूरो सदस्य एवम सांसद विमला घिमिरेले कपिलवस्तुमा सत्ता गठबन्धलाई जिससमा हराएपछि अव संघिय र प्रदेश चुनावमा पनि यसैगरी हराउने उद्घोष गर्नु भयो ।
बधाई ज्ञापन समारोहमा बोल्दै एमालेका केन्द्रिय नेता गिरधारीलाल न्यौपाने ,वलराम अधिकारी र सांसद बृजेश कुमार गुप्ताले यो जितलाई शक्ति संग्रहका रुपमा लिएर आगामी चुनावमा समेत एमाले लोसपा र राप्रपा गठबन्धन वनाउने वताउनु भयो । यस्तै लोसपाका केन्द्रिय नेता सन्तराम अग्रहरी र राप्रपाका जिल्ला अध्यक्ष नारायण वहादुर सिंहले वोल्दै कपिलवस्तु जिसस कांग्रेसको कब्जावाट मुक्त गरेर देशकैलागि सकारात्मक सन्देश दिएको दावि गर्नु भयो । सोही कायक्रममा वोल्दै एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले इमान्दारीताको राजनीतिमा अंक गणितपनि बदलिने दावि गर्दै ९ जना प्रतिनिधीले ११ जना प्रतिनिधीको गठबन्धनलाई परास्त गरेर कपिलवस्तुले नयाँ सन्देश दिन सफल भएको दावि गर्नु भयो ।
एमालेका उपाध्यक्ष विश्राम चौधरीले स्वागत र एमालेका सचिव सिवि गहतराजले संचालन गरेको कार्यक्रममा सबैको बधाई लिएपछि कृतज्ञता प्रकट गर्दै एमालेवाट निर्वाचित जिसस प्रमुख बाबुराम आचार्य र लोसपाका तर्फवाट निर्वाचित रामेश कुर्मीले सबै मतदातालाई आभार प्रकट गर्नु भयो । साझेदारदलबीच अझ सुदृढ एकताको अपेक्षा उहाहरुले राख्नु भएको थियो ।
प्रतिक्रिया