अर्थ-वाणिज्य

लक्की डाक्टर बाबुराम : जसले सत्ता गठबन्धनलाई ख्याल ख्यालमा हराए



भेषराज पाण्डे

कपिलवस्तु २७ जेठ । अनौठो संयोग ९ सदस्यीय कपिलवस्तु जिससमा उपप्रमुखमा एकमतले एमालेको गठबन्धनवाट लोसपाका रमेश कुर्मी विजयी हुनु तर अन्य सबै पदमा समान मत आएर गोला प्रथावाट नतिजा आउनु । त्यसमा पनि जिससको प्रुमखमा लक्की डाक्टर वावुरामले सत्ता गठबन्धनलाई ख्याल ख्यालमा हराउनु । २० जनप्रतिनिधी मध्ये ११ जना कांग्रेस सहितको सत्ता गठबन्धनमा हुनु अर्कातिर ९ प्रतिनिधी एमाले गठबन्धनमा भएर लडिएको चुनाव । ९ जनाको समर्थन लिएका डाक्टर वावुराम अर्थात एमालेका प्रत्यासी वावुराम आचार्य सहितका प्राय सबै उम्मेदवारले विपक्षी गठबन्धनको एकमत प्यानलमै पाउनु । १०र१० मतका नतिजा हासिल हुनु ।

एमाले लोसपा र राप्रपा गठबन्धनवाट जिसस प्रमुख सहित ३ सदस्यीय जित्नु त्यासमा पनि सबैभन्दा महत्वपूर्ण पद प्रमुख डाक्टर वावुरामले नै जित्नु । उहा लक्की पर्सन हो एमालेका उपाध्यक्ष विश्राम चौधरीले नतिजा पछि भन्नु भयो । उमेरहदका कारण जनस्वास्थ्य अधिकृत पदवाट पेन्सन भएका वावुराम एचए डाक्टर हुनुहुन्छ । उहाले सरकारी जागिर छाडेको केहि समयमा एकाएक एमाले कपिलवस्तुको जिल्ला सचिव हुने अवसर पाएर पहिलो पटक लक्की पर्सनको उपाधी पाउनु भएको थियो । फेरी यसपटक पुन लक्की पर्सन बन्न सफल हुनु भएको छ । नेपाली कांग्रेसका ज्ञानुकार्की र एमालेका आचार्यको १०/१० मत आएपछि गोलावाट आचार्य निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद सापाकोटाले वताउनु भयो ।
यस्तै उप प्रमुखमा एमाले लोसपा राप्रपा गठबन्धनका रमेश कुर्मी ११ मत पाएर एकमतको अन्तरले निर्वाचित हुनु भएको हो । त्यसैगरी मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्य को गोला तानेर परिणाम आएको छ । जस अनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका कांग्रेस कि सुनिता चमार माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित हुनु भएकोछ । यस्तै गरी सदस्यमा गोलाबाट एमाले कि सकुन्तला भन्डारी ,सुमित्रा दमै र जसपा कि शन्ध्या पौडेल निर्बाचित हुनु भएको छ । उपप्रमुख वाहेक सबै पदमा बरावर मत आएको थियो । १० १० मत आएर दुबैको परिणम समान भएपछि उपप्रमुख वाहेक सबैपदमा गोला तान्दा यस्तो परिणाम आएको वताइएको छ ।
सत्तारुद्ध गठबन्धनलाई गोलाप्रथावाट भएपनि पराजित गरेर निर्वाचित भएपछि एमाले राप्रपा र लोसपा गठबन्धनवाट जिसस प्रमुखमा निर्वाचित वावुराम आचार्यले जिल्लाको विकासकालागि सबैसंग सहकार्य गर्ने वताउनु भयो ।यस्तै उपप्रमुखमा एकमतले निर्वाचित लोसपाका रमेश कुर्मीले सत्तारुढ गठबन्धनलाई एमालेको नेतृत्वको गठबन्धनले हराएर जनप्रतिनिधी सरकारप्रति असन्तुष्टछन् भन्ने प्रमाणित गरेको वताउनु भयो सत्तारुढ गठबन्धमा कांग्रेसका ८ , जसपाका २ र माओवादीका १ गरी ११ जना थिए भने एमाले गठबन्धनमा एमालेका ७ लोसपाका १ र राप्रपाका १ गरी ९ जना थिए । ९ जनाको गठबन्धनले एकमत क्रम गर्न सफल भएर गोलाप्रथावाट जिससको नेतृत्व कब्जा गर्नु एमाले गठबन्धले ठूलो उपलब्धीको रुपमा लिएको छ ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६