काठमाडौं २८ जेठ । काठमाडौं उपत्यकासहितका स्थानमा शनिबार एकाविहानै भूकम्पको कडा धक्का महसुस भएको छ ।हिान २ बजेर ३६ मिनेटमा काठमाडौं उपत्यकासहितका स्थानमा भूूकम्पको धक्का महसुस भएको हो ।रातिको समयमा करिब ४ सेकेण्डसम्म भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू तर्सिएर घर बाहिर निस्किएका छन् ।
२०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता लगातार सानाठूला धक्का महसुस हुने गरेका छन् ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्रबिन्दु उपत्यकाभित्र नै रहेको जनाएको छ । ४।७ म्याग्निच्यूडको यो भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायण आसपासको क्षेत्र रहेको केन्द्रले जानकारी दिएको छ । उपत्यकाभित्रै केन्द्रबिन्दु भएकोले पनि काठमाडौंमा कडा धक्का महसुस भएको हो ।
प्रतिक्रिया