रुपन्देही २८ जेठ । संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्यसञ्चालनमा समस्या देखिएको छ । प्रदेश स्थापना भएको साढे चार वर्षमा ५० भन्दा बढी सचिव फेरिएका छन् । बारम्बार सचिव फेरिँदा मन्त्रालय नै बेवारिसे जस्तो देखिएका छन् ।प्रदेश सरकार यतिबेला बजेट निर्माण गर्ने चटारोमा छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माण गरिरहँदा मन्त्रालयमा भने सचिवको अभाव छ ।यो मन्त्रालयमा मात्रै साढे चार वर्षमा ६ जना सचिव फेरिएकाछन् ।
आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले मन्त्रालयमा सचिव नहुँदा बजेट निर्माणमा कठिनाइ देखा परेको बताए । बजेट निर्माण जस्तो महत्वपूर्ण विषयमा अर्थसचिवकै अभाव खड्किनु चिन्ताको विषय भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । अर्थसचिव नहुँदा मन्त्रालयका दैनिक प्रशासनिक काम त प्रभावित भएका छन् नै, यसबाहेक रकमान्तर, कार्यक्रम संशोधन, थप बजेट वितरण र आगामी आर्थिक वर्षको बजेट तयारीमा पनि गम्भीर असर परेको छ ।
२८ जेष्ठ २०७९, शनिबार
प्रतिक्रिया