अर्थ-वाणिज्य

देशको राजश्वमा अटोमोवाइल्सवाट २५ प्रतिशत योगदान




बुटवल २८ जेठ । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडाको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। एक समारोहका बीच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री पुर्मती ढेगामगरले उद्घाटन गर्दै युवाहरुलाई देशमा नै रोजगार दिन अटो ब्यवसायको योगदान रहेको बताईन।अटो ब्यवसायलाई उकास्ने गरि अटो तालिमका साथै उद्यम ब्यवसायी बनाउने रुपमा कार्यक्रमहरु ल्याएको उनले बताईन। युवा र अटो क्षेत्रलाई समेट्ने गरि नितिगत रुपमा आफूले काम गर्ने प्रतिवद्घता जनाउँदै सडकको मर्मत, सवारी ब्यवस्थापनका लागि आवश्यक ट्राफिक ब्यवस्थापनको लागि समेत पहल गर्ने उनले बताईन । कार्यक्रममा नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले लुम्बिनी प्रदेशका १२ जिल्लाका ब्यवसायीहरुलाई संगठित गर्दै अगाडि बढेको बताए ।
देशको राजश्वमा २५ प्रतिशत योगदान दिएको, लाखौ युवाहरुलाई रोजगार दिन सफल भएको र कुल आयको दोब्बर राजश्व उपलब्ध गराउने गरेको उनले दाबी गरे । सरकारले पछिल्लो समय सवारी आयातमा प्रतिबन्ध लगाउदा आर्थिक समस्या उत्पन्न हुने देखिएको उनले बताए । अटोमोबाईल्स ब्यवसायमा संकट छाएको दुखेसो गरे । समृद्धिको यात्रामा अघि बढेको देशकै विकास गर्न पर्यटन र कृषि प्रमुख मानिने भएकाले पनि यसमा अटो मोबाइल्सको महत्वपूर्ण योगदान रहेको उनले बताए ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६