खोज–अनुसन्धान

पत्रकारीता जगतसंग सरकारको तीन स को नीति:मन्त्री शर्मा




बुटवल २९ जेठ ।पत्रकारीता जगतसंग तीन स को नीति अनुरुप सधै सजग, समन्वय र सहकार्य गर्ने पक्षमा सरकार कृयासिल रहेको आन्तरीक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले वताएका छन् । लुम्बिनी प्रदेशका संचार मन्त्री शर्माले समाचार यथार्थमूलक हुनुपर्ने बताएका हुन् । सामाजिक संजालमा अहिले नकारात्मक समाचार आउने गरेको बताउँदै उनले त्यसतर्फ सचेत रहदैं समाचार यथार्थमूलक हुनुपर्नेमा जोड दिए ।
आन्तरिक मामिला तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ प्रदेश समिति र राष्ट्रिय दलित पत्रकार संघ प्रदेशको समन्वयमा सुरु भएको ४ दिने विकास पत्रकारिता तालिमको औपचारिक उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ढिलो भए पनि समाचार सत्य, तथ्य र विश्वासनीय आउनुपर्ने र त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रकृतिको हुनुपर्ने उनको भनाई छ ।
संघीयता आएपछि नागरिकले नजिकबाट विकास निर्माणका कार्यसंगै सेवा प्रवाहको अनुभूति गर्ने अवसर सिर्जना भएको उनले बताए । समाचार अध्ययन र अनुसन्धानमूलक हुनुपर्ने बताउदैं उनले प्रदेश सरकारले पत्रकारिता जगतसंग समन्वय गरि अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : २९ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६