अन्तर्राष्ट्रिय

बौद्ध बिश्वविद्यालय र यूएनडिपी बीच हस्ताक्षर




लुम्बिनी २९ जेठ।संयुक्त राष्ट्रसंघको उप–महासचिव तथा यूएनडीपीको एसिया प्यासिफिक क्षेत्रीय ब्यूरो निर्देशक कान्नी विग्नराजाले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेकी छन् । एक साता लामो नेपाल भ्रमणमा आएकी उनले मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ अवलोकन गरिन् । उनले अशोक स्तम्भमा द्वीप प्रज्जवलन गरेर लुम्बिनी परिसरमा वृक्षारोपण समेत गरेकी थिइन् । उनले थाई र श्रीलंकाको मन्दिर पनि अवलोकन गरिन् ।

लुम्बिनीमा भएको काम, विकास प्रयास र संरक्षणबारे लुम्बिनी विकास कोष सूचना अधिकृत हरिध्वज राईले जानकारी दिएका थिए ।त्यस्तै दिगो विकास लक्ष्य पूरा गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय र यूएनडीपी नेपाल बीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । पाँच वर्षे योजनामा विश्वविद्यालयका उपकुलपति डा. हृदयरत्न बज्राचार्य र यूएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागंगोडा लाबेले हस्ताक्षर गरेका थिए ।

प्रकाशित : २९ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६