खोज–अनुसन्धान

एकीकृत समाजवादीले गठबन्धनको निरन्तरताको समिक्षा गर्ने




काठमाडौँ ३० जेठ । स्थानीय चुनावको समीक्षा लगत्तै नेकपा एकीकृत समाजवादीले गठबन्धनको निरन्तरता दिने नदिने वा कसरी गर्ने भन्ने निर्णय गर्ने भएको छ । वैशाख ३० मा भएको स्थानीय चुनावमा गठबन्धन अन्य घटकबाट अपेक्षाकृत सहयोग प्राप्त नगरेको गुनासो गर्दै आएको एकीकृत समाजवादीमा गठबन्धनको भविष्यको बारेमा समेत छलफल हुनुपर्ने माग हुँदै आएको छ । दलले स्थानीय तह चुनावमा पार्टी र गठबन्धनको भूमिकाको विषयमा तल्लो कमिटीहरुबाट आवश्यक जानकारी माग गरेको छ ।
तल्लो तहबाट आएको जानकारीलाई प्रतिवेदनको रुप दिएर स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने भएको छ ।हामी अहिले निर्वाचनमा गठबन्धनको भूमिका कस्तो भयो भन्ने विषयमा समीक्षा गरिरहेका छौुं उपाध्यक्ष प्रमेश हमालले भने, गठबन्धन भएका र नभएको नगरपालिका वा वडामा कस्तो प्रभाव पार्‍यो भनेर जानकारी माग गरेका छौं । त्यसपछि समग्र चुनावको समीक्षापछि अन्य विषयमा प्रवेश हुन्छ ।दलका नेताहरुका अनुसार असारभित्र चुनावको समीक्षापछि गठबन्धनसहितको विषयमा निर्णय हुने बताएका छन् ।जेठ २२ गते भएको केन्द्रीय सचिवालयको बैठकले चुनावको विषयमा तल्लो कमिटीहरुबाट प्राप्त हुने जानकारी पठाउन भनेको छ ।

जसका लागि सहजिकरण गर्नका ५ जना सचिवालय सदस्यहरुलाई तोकेको छ ।उनीहरुले तल्लो कमिटीहरुबाट प्राप्त सूचनाहरुको आधारमा चुनावको परिणामको बारेको विश्लेषणसहितको प्रतिवेदन तयार पारेर स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने छन् । यसरी प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, वाग्मती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सूदुरपश्चिम प्रदेशमा बेदुराम भुसालले प्राप्त गरेका छन् ।पार्टी अध्यक्ष माधवकुमार नेपाल र अर्को नेता झलनाथ खनालसहितका नेताहरुले सार्वजनिक रुपमै स्थानीय चुनावमा गठबन्धनको भूमिकाप्रति असन्तुष्टी जनाउँदै आएका छन् । गतसाता कान्तिपुरसँगको अन्तर्वार्तामा पनि अध्यक्षले नेपालले भनेका थिए ‘हामीले गठबन्धनको गीत बढ्ता गाउनतर्फ लाग्यौं, तर गठबन्धनभित्र त्यसअनुसारको इमान्दारिता देखिएन ।’

अध्यक्ष नेपाल भन्दा पूर्वप्रधानमन्त्री खनाल चुनावी परिणामलाई लिएर गठबन्धनप्रति आक्रमक बनेका छन् । खनालले वामपन्थी गठबन्धन हुनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् । उनले वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता संभव नहुने स्पष्ट पारे ।‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन् । त्यसकारण नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो रु भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन’ खनालले भने ।अध्यक्ष नेपालले भने संघीय तथा प्रदेश चुनावमा समेत अहिलेकै गठबन्धन जाने धारणा राख्दै आएका छन् ।

जेठ २५ गते विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिरको चुनावसम्म गठबन्धन चाहेको बताएका थिए ।गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपाल बताएका थिए । ‘हामी यो गठबन्धनलाई आउने चुनावसम्म जान चाहन्छौं । यो गठबन्धन कसरी भत्कियोस् । आपसी अविश्वास कसरी बढोस् भनेर अनेक खालका प्रयत्नहरु पनि भएका होलान् । तर त्यसको पछाडि हामी लाग्नु हुँदैन’ नेपालले भनेका थिए ‘हामी इमान्दारिता साथ चल्छौं । तर कमजोरी भएका छन् भने त्यसको आलोचना पनि गर्छौं । हामीलाई एकल्याउन खोजिएको छ भने त्यसको आलोचना गर्छौं ।’
वरिष्ठ नेता मुकुन्द न्यौपाने सबैको आवश्यकतामा गठबन्धन बनेको भएपनि आगामी दिनमा कसरी जान्छ भनेर अहिल्यै स्पष्ट नभएको बताउँछन् । ‘कांग्रेसलाई पनि गठबन्धनले नै पहिलो दल बनायो भन्ने छ र माओवादीले पनि यसैबाट शक्ति बढायो’ न्यौपानेले भने, ‘यो ुठगबन्धनु भएर एक्सपोज भएर आउँछ कि साँचो अर्थको गठबन्धन भएर ुसचबन्धनु हुन्छ । माओवादी र कांग्रेसले कसरी समीक्षा गर्दैछ । त्यसमा कुरा निर्धारण हुन्छ । सबैको आ(आफ्नै ढंग छ ।’ न्यौपानेले एकीकृत समाजवादीले कांग्रेस माओवादीले गर्ने समीक्षालाई हेरिरहेको बताए । उनले अहिले नै गठबन्धनको भविष्यको बारेमा भन्नु हतारो हुने बताए ।

गठबन्धनप्रति खनालको असन्तुष्टिको अर्को कारण मन्त्री परिवर्तनका लागि प्रधानमन्त्री देउवाले देखाएको अनिच्छा पनि हो । पार्टी सचिवालय बैठकले सो दलका मन्त्रीहरु परिवर्तन गर्न निर्णय गरेको थियो । बजेट प्रस्तुत भईरहेको समयमा परिवर्तन गर्न नहुने धारणा फिर्ता बोलाउन लागिएका मन्त्रीहरुको छ ।तर प्रधानमन्त्री शेरबहादुर देउवा त्यो निर्णय तत्काल कार्यान्वयन गर्न अनिच्छुक रहँदै आएका छन् । त्यसले गठबन्धनप्रति खनालको आक्रोश झनै बढेको देखिन्छ । अध्यक्ष नेपाल निर्णयको कार्यान्वयनकै पक्षमा भएपनि गठबन्धनमा कुनै प्रकारको समस्या उत्पन्न नहोस् भन्ने पक्षमा रहेका छन् । तर खनालको जोड तत्कालै कार्यान्वयन हुनुपर्छ भन्नेमा छ । निर्णय हुने बित्तिकै २४ घण्टाभित्र मन्त्री परिवर्तन हुने धारणा सार्वजनिक गरेका खनालले गत शुक्रबार मात्रै सांसद भवनमा मन्त्री परिवर्तन गर्न पार्टीले गरेको निर्णय कार्यान्वयनको विकल्प नभएको बताएका थिए ।प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्री परिवर्तन गरिए गठबन्धनका अन्य दलमा पनि दबाब बढ्ने, बजेट असफल हुने र बहुमत गुम्ने भन्दै त्यसलाई कार्यान्वयन गर्न अनिच्छा देखाएका छन् ।
अध्यक्ष नेपाल अहिलेको गठबन्धनको पक्षमा देखिएका छन् भने दोस्रो स्थानमा रहेका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने चुनावमा कोसँग तालमेल गर्ने विषयमा निर्णय लिने जिम्मा सम्बन्धित कमिटीलाई दिनुपर्ने पक्षमा रहेका नेताहरुले बताएका छन् ।एकीकृत समाजवादीका नेताहरुका अनुसार दुबै नेताहरु ुओली समूहुसँग चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका छन् । आफूसँग भेट्न आउने नेताहरुलाई अध्यक्ष नेपालले पनि स्थानीय निर्वाचनमा ुट्याक्टफुलु हुन नसक्दा अपेक्षाकृत रुपमा सफलता प्राप्त गर्न नसकेको बताउने गरेका छन् ।एक महानगरपालिका, एक उप महानगरपालिकाको नेतृत्वसहित सो दलले २० स्थानीय तहको नेतृत्वमा निर्वाचित भएको छ । सो दलले आधा मात्रै स्थानीय तहको नेतृत्वका लागि प्रतिस्पर्धा गरेको थियो ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६