बुटवल ३१ जेठ । जिल्ला समन्वय समिति रुपन्देहीको निर्वाचनको लागि नेपाली काँग्रेसलाई साना दलहरूले साथ दिने भएका छन् । आगामी असार ४ गते हुने चुनावमा काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टीबीच गठबन्धन हुने भएको हो । नेकपा एमाले भने एक्लै निर्वाचन लड्ने भएको छ । जिल्ला समन्वय समितिको चुनावका लागि ३२ मतदाता रहेका छन् । जितको लागि १७ मत आवश्यक पर्ने छ ।
काँग्रेस नेतृत्वको गठबन्धनसँग २० मत रहेको छ । यो गठबन्धन कायमै रहेमा काँग्रेसको जित निश्चित रहेको छ । काँग्रेससँग १४, लोसपासँग ३, जसपासँग १ र जनता प्रगतिशील पार्टीसँग २ मत छ । त्यस्तै एमालेसँग ११ मत मात्र रहेको छ भने १ मत रहेको राप्रपाले उम्मेदवारी दिएको छैन। जिससको प्रमुखमा गठबन्धनबाट काँग्रेसका उमाकान्त चपाई र उपप्रमुखमा लोसपाकी रामकिर्पाल धोबी उम्मेदवार बनेका छन्।
३१ जेष्ठ २०७९, मंगलबार
प्रतिक्रिया