अर्थ-वाणिज्य

मुख्यमन्त्री केसीको आदेश प्रहरीले टेरेन : सिडियोको सामु राज्यमन्त्री ओलीको बयान




दाङ ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवल ल्याउन दवाव दिइएपनि दाङ प्रहरीले अस्विकार गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले रिहा गरी बुटवल पठाउन निर्देशन दिए पनि दाङ प्रहरीले अस्वीकार गरी जिल्ला प्रशासन कार्यालयमा राखेर बयान लिएको छ ।स्रोतका अनुसार राज्यमन्त्री वलीसँग प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले बयान लिनु भएको छ । बयानपछि के गर्ने भन्ने निचोडमा प्रहरी प्रशासन पुगे नपुगेको स्पष्ट छैन । वलीले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसकेको स्रोतले बतायो । यद्यपि, वलीले बयानको क्रममा वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गर्नुभएको छ । एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको वलीले प्रहरीसामू बताउनु भएको छ ।
मँगलबार विहान अर्काको घरमा बेडरुममै पुगेर ‘प्रेमी’ खोज्दै एक महिला र उनकी नाबालिक छोरीमाथि कुटपिट गरेपछि मन्त्री वली प्रहरी नियन्त्रणमा रहेकी छन् । दाङको तुलसीपुर–५ मा अवस्थित वाईसिएल नेता एकराज बस्नेतकी श्रीमती मिना भण्डारी र उनकी छोरीमाथि मन्त्री वल्ीले हातपात गर्न पुगेकी थिइन् । घटनापछि स्थानीयले विरोधमा उत्रिएपछि मन्त्री वलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर लगिएको थियो ।
स्थानीयले मन्त्री वलीलाई कारबाहीको माग गर्दै नाराबाजी गरेपछि कडा सुरक्षा दिएर पुनः जिल्ला प्रहरी कार्यालय घोराही पुर्याइएको थियो । पीडित मिना भण्डारीले मन्त्री वली विरुद्ध किटानी जाहेरी दिएकी छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक रञ्जन स्वाँरले स्वास्थ्य राज्यमन्त्रीबिरुद्ध किटानी जाहेरी आएको बताए । प्राप्त जाहेरीलाई जिल्लाको आदेशानुसार जिल्ला प्रहरी कार्यालय घोराही पठाउन लागिएको उनले बताए । मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी हुन् । बिमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको उनले बताएकी छन् ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६