कपिलवस्तु ३१ जेठ । कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले सरकारी स्वास्थ्य स्वास्थ्यको अनुमगन गरेका छन् । पालिका भित्र सञ्चालनमा रहेका सरकारी स्वास्थ्य संस्थाको अध्यक्ष चौधरीले अनुगमन गरेका हुन् । पालिकाबासीले स्वास्थ्य संस्थाबारे विभिन्न गुनासाहरु गरेपछि चौधरी आफै अनुगमनमा निस्किएका हुन् । विशेष गरि जनप्रतिनिधिले भौतिक पूर्वाधारको मात्र अनुगमन गर्ने गरेका छन् । जसले गर्दा आम शिक्षा, स्वास्थ्य जस्ता मानिसका आधारभूत आवश्यकता पूर्ती गर्ने क्षेत्र धरासायी बन्दै गइरहेका छन् ।
मंगलबार चौधरीले पालिका भित्रका स्वास्थ्य संस्थाको अवलोकन गर्दै कमजोरी भेटिएका ठाउँमा कडा चेतावनी दिदैं तत्काल कमीकमजोरी हटाउन निर्देशन दिएका छन् । काम चोर कर्मचारीलाई कडा निर्देशन दिदैं नियमित काममा आउन आग्रह गरे । यदी नियमित काममा नआएको थाहा पाए ठाउँको ठाउँ कारबाही गर्ने उनले चेतावनी दिए । स्वास्थ्य संस्थामा समस्या परे पालिकामा आएर समस्या राख्न आग्रह गर्दै जनताको स्वास्थ्य उपचार राम्रोसंग गर्न उनले स्वास्थ्यकर्मी समक्ष आग्रह गरेका छन् ।
राज्यले सञ्चालनमा ल्याएका स्वास्थ्य संस्था उत्कृष्ट हुनुपर्ने भन्दै यसका लागि पालिकाले के के सहयोग गर्न पर्छ सहयोग गर्न तयार रहेको उनले बताएका छन् । यस्तै उनले सामुदायिक विद्यालयहरुको पनि अनुगमन गरेका छन् । सरकारी विद्यालयको पढाई गुणस्तर नभएको गुनासा आउन थालेपछि उनले अनुगमन गरेका छन् । उनले तत्काल सामुदायिक विद्यालयको पढाईलाई गुणस्तरीय बनाउन शिक्षकलाई निर्देशन दिएका छन् ।
३१ जेष्ठ २०७९, मंगलबार
प्रतिक्रिया