खोज–अनुसन्धान

भैरहवामा खुल्यो श्रम कार्यालय : बैदेशीक रोजगारी ब्यवस्थापनमा सहज




भैरहवा १ असार। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सूचारु भए लगत्तै बैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरुका लागि पूर्व श्रम स्विकृति, अन्तिम श्रम स्विकृति र व्यक्तिगत श्रम स्विकृतिको काम हुने भएको छ । यो सँग श्रम स्विकृतिको लागि काठमाडौं धाइ रहनुपर्ने बाध्यता हटेको छ ।बुधबार भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले बैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले आज भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्विकृति गरेर कार्यालय सूचारु गरेका छन् । भैरहवाबासीको वर्षौ देखिको सपना पूरा गर्न कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दि ल्याएर सेवाग्राहीको काम बिना झन्झट गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि सकेको मन्त्री श्रेष्ठले बताए ।

भैरहवामा कार्यालय खोलेर मात्रै नहुँने भन्दै सांसद प्रमोद यादवले वैदेसिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गरि दिन आग्रह गरे । कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउनको लागि मेनपावर कम्पनी पनि आश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकोले सरकारले सुविधा दिएमा मेनपावर कार्यालयहरु खोल्न तयार हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए ।
भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले हप्तामा तिन दिन उडान गरिरहेको छ । छिट्ट नै अन्य देसका नियमित उडान गर्ने तयारीमा सरकार लागि रहेको छ । विदेशबाट आएका जहाज त्रिभुवन विमानस्थलमा अवतर गर्न नसकेर भारतको दिल्ली जाने वा घण्टौं सम्म जोखिम मोलेर आकाशमा उडि रहनु पर्ने बाध्यता हटेको छ ।

प्रकाशित : २ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६