खेलकुद

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै




असार ३,
कास्की : पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलि प्रतियोगिता हुने भएको हो । साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दूरीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिनुभयो ।
महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा–१६ मा रहेको कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै फेरि कालीखोलाको पुलमा नै आएर सम्पन्न हुनेछ । प्रतियोगितामा पहिलो हुनेले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६