अन्तर्राष्ट्रिय

दोस्रो विश्व युद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित




असार ४, एजेन्सी
विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ ।संयुक्त राष्ट्र सङ्घीय निकाय, संयुक्त राष्ट्र सङ्घ बाल कोष युनिसेफ ले अहिले विस्थापित बालबालिकाहरूको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गएको वर्ष सन् २०२१ को अन्त्यतिरको भएको पनि राष्ट्र सङ्घीय अधिकारीहरूले शुक्रवार जनाएका छन् ।

विषेशगरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ । ‘दोस्रो विश्व युद्धपछि एकै पटकमा यति धेरै बालबालिका विस्थापित भएको अहिले पहिलो पटक हो’, युनिसेफले निकालेको विज्ञप्तिमा लेखिएको छ ।

अघिल्लो वर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ । विषेश गरेर हिंसात्मक घटनाहरूका कारण बालबालिकाहरू धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ । जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी रुस—युक्रेन युद्धको असर विश्वभरि परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि युनिसेफले जनाएको छ ।

प्रकाशित : ४ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६