प्रदेश

रुपन्देहीको जिसस प्रमुखमा कांग्रेसका उमाकान्त चपाईं निर्वाचित



बुटवल, ४ असार । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा को गठबन्धन विजयी भएको छ ।

जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाएर निर्वाचित हुँदा नेकपा एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन् ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल दलितरअल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल, लोसपाका मुकेश कुमार पाण्डे, नेकपा माओवादी केन्द्रकी मञ्जु परियार र लोसपाकी बुधनी चमार निर्वाचित भएका निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

प्रकाशित : ४ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६