प्रदेश

अवधी भाषाको विकासमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री केसी




तौलिहवा, ०५ असार ।
लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कुलप्रसाद केसीले अवधी भाषाको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको अवधि सम्मेलनको उदघाटनसत्रमा मुख्यमन्त्री केसीले सो कुरा बताउनुभएको हो ।

अवधी भाषालाई आर्को पुस्ताका लागि विकास र विस्तार गर्न लुम्बिनी प्रदेश सरकार कटिबद्ध भएर लाग्ने मुख्यमन्त्री केसीले प्रतिवद्धता समेत जनाउनुभयो ।

अवधी भाषाको कर्मभुमिको रुपमा विकास गर्न कपिलबस्तुलाई सांस्कृतिक राजधानी बनाउने घोषणा पनि प्रदेश सरकारले गरिसकेको उहाँले बताउनुभयो । मुख्यमन्त्री केसीले भन्नुभयो “नेपाल र भारतको सम्बन्ध रोटीबेटीको मात्रै नभएर भाषा संस्कृतिको पनि भएको यो सम्मेलनले उद्घोष गरिसकेको छ ।”

असार १० गते कपिलवस्तु नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा यहाँको भाषा, संस्कृति, भेषभूषाको संरक्षणका निम्ति कार्यक्रमहरु ल्याउने उहाँले बताउनुभयो ।

कपिलवस्तुलाई लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक राजधानीको रुपमा पनि विकास गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ । भाषा, कलाको संरक्षणका लागि कपिलवस्तुमा बहुसांस्कृतिक सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६