प्रदेश

प्रधानमन्त्रीबाट संसदीय समितिको अपमानः सभापति पवित्रा निरौला




काठमाण्डौं, ०५ असार ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला (खरेलंं)ले प्रधानमन्त्रीबाट संसदीय समितिको अपमान भएको बताएकी छन् । समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि आइतबारको बैठकमा बोलाएको थियो । उक्त बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित भएपछि सभापति निरौलाले यस्तो बताएकी हुन् ।

आइतबार बसेको समितिको बैठकमा सभापति निरौलाले प्रधानमन्त्रीसँग आज बिहान पनि बैठकमा सहभागिताका लागि आफूले आग्रह गरेको तर प्रधानमन्त्रीले औपचारिक पत्र नपाएको जवाफ दिएको जानकारी गराइन् ।
‘यसरी ताकेता गर्दा पनि प्रधानमन्त्रीज्यूले बैठकमा नआएर संसदीय समितिकै अपमान र अवहेलना गर्नुभयो,’ बैठकमा उनले भनिन् । बैठकमा काँग्रेस सांसद पुष्पा भुसालले प्रधानमन्त्री बैठकमा सहभागी हुने तर आजका सन्दर्भमा भने व्यस्तताका कारण आउन नसकेको बताइन् ।

अमेरिकासँग ‘स्टेट पार्टनरशीप प्रोग्राम’ एसपीपीका बारेमा छलफलका लागि प्रधानमन्त्री देउवालाई बोलाइएको थियो । समितिको यसअघि बसेको दुई वटा बैठकमा यस विषयमा छलफल भइसकेको छ । प्रधानमन्त्री देउवालाई छलफलका लागि असार ५ गते बोलाउने निर्णय समितिले यसअघि नै गरेको थियो । प्रतिनिधिसभा बैठकमा पनि एसपीपीका बारेमा सांसदहरुले प्रश्न उठाएका छन् । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र संसदीय समितिमा यसबारे अहिलेसम्म आफ्नो धारणा राखेका छैनन् ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६