प्रदेश

युवा र पालिकालाई जोड्ने अभियानमा दायित्व संगको मेरो यात्रा




बिकास थापा ,कपिलवस्तु ।
टिक्दै छु ,सिक्दै छु र बिक्दै छु । अवसरलाई खोज्न म हिड्ने होईन अवसर मलाई खोज्दै आउने छ । त्यसका लागि म संघर्षशिल मिहिनेती र ईमान्दार हुनुपर्छ भन्ने सोचाईका साथ मेरो जिन्दगीको यात्रा अघि बढिरहेको छ । समय र परिस्थितीले जहा लैजान्छ त्यही जानुपर्ने जिन्दगीको नियम नै हो । मेरो आफ्नो अनुभवले के भन्छ भनि जो मानिस संग सिप ,ज्ञान, क्षमता र अनुशासन छ उसलाई प्राय सधै सफलताको मैदानमा जित हासिल गर्न सहज हुन्छ । हरेक चुनौती संग अवसर र समस्या संग समाधान जोडिएर आएकै हुन्छन , बस ति चुनौतीहरुको सामना , समस्याहरुको पहिचान र अवसरको भरपुर सदुपयोग गर्न जानेको हुनुपर्छ ।

यस्तै दायित्व नेपालको एक अवसर संग मेरो भेट भयो । मेरो देश मेरो दायित्व भन्ने अभियानका साथ यस बर्ष २०२२ मा सञ्चालन भएको दायित्व नेपाल जनप्रशासन फेलोशिप कार्यक्रममा जोडिने मौका पाए । यस फेलोशिपबाट नेतृत्व बिकास र जनप्रशासन सिप परिक्षण , नितिगत अनुसन्धान , सार्वजानिक परियोजनामा योगदान गर्ने तथा राष्ट्रसेवक र जनप्रतिनिधिहरु संग सहकार्य गर्ने अबसरले मेरो ध्यानआकृष्ट भयो ।

साथमा नवप्रवर्तन नेतृत्व बिकास , नितिगत अनुसन्धान तथा पैरवी गर्न चाहने युवाहरुका लागि यस फेलोशिपले दिएका अवसरमा जोडिने ईच्छाशक्ति मैले पनि देखाएको हु । आफुमा भएको केही अनुभव र सिप दक्षता मार्फत यस फेलोशिपको कार्यक्रममा सफल हुन्छु भन्ने आफुमा भएको पूर्ण बिश्वासका साथ दायित्व संगको सहकार्यको यात्रामा जोडिन पुगे । यस यात्रामा सहकार्य गर्दा दायित्वका परिवारका सदस्यहरु ज्यूबाट शुरुका दिनदेखी नै पाउदै गएको साथ सहयोगले आफ्नो जिम्मेवारीलाई समयमै र प्रभावकारी ढंगले पूरा गर्न सफल हुदै गए । म यस दायित्व नेपालको यस फेलोशिप कार्यक्रम अन्तरगर्त कपिलवस्तुको बिजयनगर गाउपालिकामा सञ्चालन भएको भैसी श्रोत बिकास केन्द्र कार्यक्रमको प्रभाबकारीताका बिषयमा अनुसन्धान गर्ने यात्रामा अघि बढेको थिए । दायित्वबाट पाएको आफ्नो कामको प्रतिक्रियाले निकै उर्जाशिल र उत्प्ररेणा संगै थप हौसला दिईरहेको थियो

दायित्वमा जोडिएकै समयदेखी नै बिभिन्न महत्वपूर्ण अग्रज र बरिष्ठ प्रशिक्षक ज्यूहरुले दिएको तालिमले कामप्रति स्पष्ट बाटो र कार्यक्षमतामा अभिबृद्धि भईरहेको थियो । दायित्वबाट नेतृत्व सम्बन्धि तालिम ,सामाजिक अनुसन्धान ,सार्वजानिक प्रशासनका तालिमले गाउपालिकाका जनप्रतिनिधिहरु ,कर्मचारीहरु ,युवाहरु , नागरिक समाज ,सञ्चारकर्मी संग जोडिएर काम गर्न निकै सहज भएको थियो । मुलुक संघिय सरचनामा गएपछि संघिय ,प्रदेश र स्थानिय सरकारका साझा अधिकार , भएका निति निर्माण र संबिधानमा भएका उल्लेख गरिएका ऐनका बारेमा बुझन पाउनुका साथै अनुसन्धान गर्ने बिधि प्रक्रिया ,लेखन शैली संगै असल नेतृत्वशैली ,योजना निर्माणका चरण , कार्यान्वयनको चरणका बारेमा बिशेष अभ्यासका साथ सिक्न पाउने मौका मिल्नुका साथै नयाँ अनुभव पनि पाईरहेको थिए ।

योजना निर्माण देखी लिएर कार्यान्वयनको पाटोमा सहजता संगै सहकार्य र समन्वय मजबुत बन्दै गएको थियो । पालिकाका अध्यक्ष ,उपाध्यक्ष ,वडा अध्यक्ष र कर्मचारीहरुका साथमा हामीले सवाल जवाफ मुलक अन्तक्रियाको पनि आयोजना गरेका थियौ । गाउपालिकाकाअन्य ५ युवाहरुको सहकार्यमा योजना बनाई छलफल गरि जनप्रतिनिधि संग युवाको साझेदारी नारा दिएर सवाल जवाफ कार्यक्रम गरेका थियौ ।

जुन कार्यक्रममा उपस्थित युवाहरुले युवा स्वारोजगारका बिषय देखी लिएर योजना ,बजेट निर्माणमा युवाको सहभागिता , माबि तहमा निशुल्क शिक्षाको ब्यवस्था , पालिकामै उच्च शिक्षाको ब्यवस्था गर्न माग गरेको थिए । त्यस्तै शिक्षा स्वास्थ्य र कृषिमा बजेट बढाउनुपर्ने , खेलकुदको क्षेत्र पनि प्राथमिकतामा राख्नुपर्ने लगाएतका अन्य गाउपालिका भित्रका देखा परेका जटिल समस्याहरु पनि उठाएका थिए । स्थानिय युवाहरुको सवालहरुको जवाफ देखी जनप्रतिनिधि र कर्मचारीहरुले सबै युवाहरुका जायज मागलाई पुरा गर्ने गरि अघि बढिरहेको जनाएका थिए । साथमा गाउपालिका स्तरमा युवा सञ्जाल गठन गर्दै समस्या सुन्ने देखी समाधान गर्ने थलो छिट्टै निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

जुन कार्यक्रमले युवालाई थप जागरुक बनाएको छ र पालिकालाई पनि युवाका बिषयमा थप जवाफदेहिता प्रदान गरेको छ । जवसम्म युवाहरु आफ्नो पालिकामा के भईरहेको छ ? कस्ता कार्यक्रम छन ? शुसासन पारदर्शिताका बिषयमा आवाजहरु उठाउदिनन तबसम्म पालिकामा सोचे अनुरुप काम पनि हुन सक्दैनन र युवाका क्षेत्रमा उपलब्धि पनि केही देखिदैन । त्यसैले युवाहरु र पालिकाको सम्बन्धलाई मजबुत बनाउन निकै आवश्यक छ । पालिकाले पनि युवाहरुलाई बिशेष चासोका साथ आफ्ना कार्यक्रममा सहभागिता र हरेक योजनामा सहकार्य गरि अघि बढाउन अपरिहार्य छ ।

सबै युवाको क्षमता, प्रतिभा, सीप जोश जागर विकासमा पर्याप्त उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन गर्न गाउपालिकाले योजना बनाई कार्यान्वयन गर्न आवश्यक रहेको छ । र युवाहरु पनि पछिल्लो समय नेतृत्व तहमा आएर गाउ ठाउको रुपान्तरण गर्न खोजिरहेको छन । उनीहरुलाई अबसरको खाचो रहेको छ । स्थानिय सरकार संग हातमा हात काधमा काध राखेर सहकार्य गर्न तयार रहेका युवाहरुलाई समयमै उचित स्थान र आवश्यक साथ सहयोग दिएमा समृद्ध पालिकामा युवाहरुको ठूलो भूमिका हुनेछ ।

यस्तै फेलोशिपको कार्यक्रम अन्तरगर्त मूख्य जिम्मेवारीको बिषय रहेको अनुसन्धान तर्फ भैसी श्रोत केन्द्र कार्यक्रमको प्रभाबकारीता ,कृषकमा देखिएका समस्या , कार्यक्रमका चुनौती तर्फ निकै नजिक भएर काम गरिरहेको थिए । कार्यक्रम लागु भएको गाउपालिकाको बस्तीहरुमा पुग्दा कृषकहरु संग कुराकानी गर्दा कृषकका आवाजलाई गाउपालिका समक्ष पु¥याउन अनुसन्धानको एउटा रिपोर्ट पनि बनाएका छौ ।

जुन रिपोर्टमा भैसी पालन गरेका कृषकहरुको सुख दुखको बास्तविक कुरा , कार्यक्रमको बिश्लेषण ,समस्याहरु ,सुझाबहरु , निष्कर्षहरु ,केश स्टडी देखी लिएर रिपोर्टको निष्कर्ष समेत समेटिएको छन । जुन अनुसन्धानको त्यो रिपोर्टले पालिकाको ध्यान आकृष्ट गर्ने छ । कार्यक्रम तर्फ भएका राम्रा कामलाई थप प्रोत्साहन गर्दै अझ राम्रो बनाउने छ भने सुधार गर्नुपर्ने कुराहरु तर्फ लाग्ने छ । जसले गर्दा कार्यक्रमको थप निति बनाउनमा पनि उक्त अनुसन्धानको रिपोर्टले टेवा पुग्ने छ । समग्रमा दायित्वको संगको सहयात्रा निकै फलदायी भएको छ ।

            मेरो देश मेरो दायित्व

प्रकाशित : ६ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६