खोज–अनुसन्धान

नयाँ प्रतिनिधीको नयाँ काम : १५ शैयाको अस्पताल सिलन्यास




कपिलवस्तु ६ असार । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको संयुक्त सहभागितामा देशभरका स्थानीय तहहरुमा पालिका अस्पतालको शिलान्यास हुदै गर्दा विजयनगर गाउँपालिका वडा नम्बर–६, बदौरमा पनि सोमबार एक कार्यक्रमको आयोजना गरि पालिकामा अस्पतालको शिलान्यास गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख गोपाल बहादुर थापा , उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रेम कलवार , जग्गा दाता कनिकराम चाईले संयुक्त रुपमा अस्पतालको शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख गोपाल बहादुर थापाले अस्पताल शिलान्यास गर्न सफल हुनुमा आफुहरु गौराम्भित् भएको बताए ।कार्यक्रम लाइ सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अस्पताल विकासको लहर सँगै रोजगारिका अवसरहरु सिर्जना गर्ने र आफ्नै गाँउपालिकामा १५ शैयाको अस्पताल बन्न लाएकोमा खुशि प्रकट गर्नुभयो। सिलान्यास कार्यक्रम लाइ सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले निर्माण हुने अस्पतालमा आधारभुत तहको स्वास्थ्य सेबा उपलब्ध हुने उनले बताए। बिकोइ रनव सिर्जनशिल जेभि कन्स्ट्रक्सनले पाएको ठेक्काको अस्पताल १६ करोड ७ लाख ७१ हजार ३ सय ९४ रुपैयामा बन्न लागेको हो। अस्पताल निर्माण गर्न ०७९ बैशाख २१ गते सम्झौता भइ ०८१ बैशाख २१ गते भित्र सम्पन्न गरिने इन्जिनियर नबिन घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित : ६ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६