हरि घिमिरे, ०७ असार ।
मूलुक संघीय प्रणालीमा गएकाले स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा नागरिकले प्रत्यक्ष अनुभव गर्ने खालको हुनुपर्ने प्रदेश सांसद विष्णु पन्थीेले बताउनु भएको छ । बाणगंगा नगरपालिकाले मंगलवार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट सम्बन्धनमा बाणगंगाका सरोकारवाला तथा संचारकर्मीहरुसँग गरेको छलफल कार्यक्रममा बोल्दौ सांसद पन्थीले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा सुझाव राख्दै प्रदेश सांसद पन्थीले वाणगंगा नगरपालिकालाई प्रदेश तथा देशकै उत्कृष्ट नगरपालिका बनाउनुपर्ने भन्दै कपिलवस्तुमा रुपन्देहीमा भन्दापनि बढी स्रोत र साधन रहेको बताउनुभयो । रुपन्देहीमा निर्माण भएको गौतमबुद्ध अन्तराष्ट्रिय बिनास्थलबाट कपिलवस्तुवासीले पनि भरपुर आर्थिक लाभ लिन सक्ने भन्दै वाणगंगाको अबको नीति तथा कार्यक्रममा त्यो विषयवस्तुलाई पनि समेटनुपर्ने बताउनुभयो । ‘भैरहवामा संचालनमा आएको विमानस्थलबाट देशलाई जति लाभ हुन्छ त्यो भन्दा बढी लुम्बिनी प्रदेशलाई, अझ बढी हामी वाणगंगाबासीले पनि लाभ लिन सक्छौ त्यसका लागि नगरपालिकाले लगानी भित्राउनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्यो उहाले भन्नुभयो ।’ यस्तै सांसद पन्थीले पुरागर्न नसक्ने महत्वकाक्षीं योजनाहरु नीति तथा कार्यक्रममा समावेश नगर्न सुझाव दिनुभएको छ । बाणगंगा जिल्लाकै केन्द्रविन्दु भएकाले बाणगंगाका जनप्रतिनिधीले आगामि बजेटमा नगरिकलाई छुने खालको बजेट बनाउन सुझाव दिनुभयो ।
७ असार २०७९, मंगलबार
प्रतिक्रिया