प्रदेश

रविको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी




काठमाडौँ, ०८ असार । रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीुविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् । काभ्रे क्षेत्र नं २ बाट संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डितसहितका नेताहरूले बुधबार आयोगमा पुगेर उजुरी दिएका हुन् । उनीहरूले रवि लामिछानेले घोषणा गरेको पार्टीको दर्ता रोक्न माग गरेका हुन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुधबार उजुरी बुझाएको पण्डितले जानकारी दिए । ुम रवि लामिछानेको स्वतन्त्र पार्टीको उम्मेदवार हैन । म वास्तविक उम्मेदवार हुँ भनेर भन्नुपर्ने अवस्था आयो । रविको पार्टी त्यही नाममा दर्ता हुँदा यसले वास्तविक स्वतन्त्र उम्मेदवारबारे भ्रम उत्पन्न हुने अवस्था आएपछि हामीले उजुरी दिएका हौं,ु पण्डितले कान्तिपुरसित भने । पण्डितले स्थानीय तहको निर्वाचनअघि नै संघीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

पण्डितसँगै पुष्कर शाह, राजकुमार बजगाईँ लगायत युवाहरूले पनि उजुरीपत्रमा हस्ताक्षर गरेका छन् । पण्डितका अनुसार निवेदन ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उनीहरूको चासोलाई मध्यनजर गर्ने प्रतिक्रिया दिएका थिए ।

रवि लामिछानेले मंगलबार पूर्णकालीन राजनीति प्रवेश गरेको भन्दै राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीु को घोषणा गरेका थिए । यद्यपि उनको पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छैन । साथै उनले घण्टी लाई आफ्नो पार्टीको चुनाव चिह्न प्रस्तावित गरेका छन् ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६