प्रदेश

कपिलवस्तुबाट माओवादीका कृष्ण कुँवर प्रदेश सभामा उठ्ने




कापिलवस्तु, ०८ असोज । समाजसेवी तथा म्यानपावर ब्यवसायी कृष्ण कुँवर प्रदेश सभा सदस्यमा उठ्ने भएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ मा स्थायी घर भएका कुँवर क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको लागि प्रत्यक्ष तर्फ उठ्ने भएका हुन् ।

नेकपा माओवादी केन्द्रले कुँवरलाई टिकट दिने नदिने एकिन छैन । यद्यपी आफूले आन्तरिक रुपमा चुनावी तयारी सुरु गरिसकेको उनले बताए ।

कुँवर माओवादी केन्द्रका स्थायी कमिटि सदस्य चक्रपाणी खनाल बलदेव निकट मानिन्छन् । यस अघि बलदेवलाई चुनाव जिताउन कँवरले ठुलो योगदान दिएका थिए । उनको पार्टीमा पनि बलियो पकड छ ।

कपिलवस्तु्मा लामोसमय माओवादी राजनीति गरेका कुँवरको वैशाखमा सम्पन्न स्थानीय चुनावमा पनि मेयरमा उठ्ने हल्ला थियो । तर उनले प्रदेश सभा सदस्यमा लड्ने भन्दै मेयरमा नलड्ने बताएका थिए । पार्टीले टिकट दिएमा सजिलै चुनाव जित्ने कुँवरको विश्वास छ ।

कपिलवस्तुमा हुने पार्टीनिकटका बिभिन्न चुनावमा उनले ‘गेम मेकर’ को भूमिका पनि निभाउँदै आएका छन् । उनले कपिलवस्तुका बिभिन्न क्लव तथा संघसंस्थालाई आर्थिक सहयोग गर्ने, बिभिन्न भौतिक संरचना निर्माण गर्ने लगायतका काम गरिरहेका छन् । उनको काठमाण्डौँको महाराजगंजमा गौतम बुद्ध ओभरसिज प्राली रहेको छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६