रोल्पा ९ असार । सेवासुविधा नपाएपछि रोल्पास्थित जलजला बहुमुखी क्याम्पसका शिक्षक र कर्मचारीले अनिश्चितकालीन आन्दोलन थालेका छन् । मध्यपश्चिम विश्वविद्यालयको प्रशासन र केन्द्रीय क्याम्पसमा आबद्ध कर्मचारीले सेवामा विभेद गरेको जनाउदै मंगलबारदेखि आन्दोलन थालेका हुन् ।
खाइपाइ आएको ग्रेड नदिएकोस विश्वविद्यालयले ऐन र नियमावली बदलेर विभेद गरेकोस स्थानीय पोशाक भत्ता नपाएको भन्दै नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग सम्झौता गरी व्यक्तिको खातामा रकम जम्मा हुने व्यवस्था गर्नेस सबै आंगिक क्याम्पसमा कर्मचारी प्राध्यापकहरूको व्यवस्थापन गर्नेस विश्वविद्यालय समायोजन हुँदाका कार्यरत आंशिक, करार र अस्थायी प्राध्यापक वा कर्मचारीलाई प्रक्रिया पु¥याई यथाशीघ्र स्थायी बनाउनु पर्नेलगायत माग अघि सारेर अनिश्चितकालीन आन्दोलन गरिएको आन्दोलनको संयोजकसमेत रहेका पूर्वक्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले बताए ।
प्रतिक्रिया