सुनिल आचार्य
कपिलवस्तु १० असार ।अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कपिलबस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ९ गते कपिलबस्तुको तौलिहवामा सम्पन्न भएको छ ।कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्बती आचार्यले सन् २०२२ जनवरीदेखि जुन सम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमा परिवारजन र ब्यक्तीगत रिषईवीबाट हत्या ५ , बलात्कार १२ , बलात्कार प्रयास ७ , बालयौन दुरव्र्यवहार २ , बालयौन दुरुपयोग १ , अपहरण ,शरिर बन्धक बनाई बलात्कार ३ , मानव बेचबिखन ३ , बहु बिवाह ३, हतियार प्रहार गरी आत्महत्या , घरेलु हिंसा १ सय ३९ ओटा गरी ६ महिनाको अवधिमा १ सय ७६ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सिडियो धमेन्द्र कुमार मिश्रले इन्सेकको कार्य प्रशंसनिय भएको बताउँदै मानव अधिकारका बारेमा जिल्ला सचेत भएको बताउनु भयो । मानव अधिकार हनन भएको थाहा पाएमा तुरुन्त प्रशासनमा सुचना दिन आग्रह गर्दै मानव अधिकारका बिषयमा सदैव सचेत रहने र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो । कानुनी व्यवस्थापनमा स्थानियतहका न्यायीक समितीमा भएको समस्याहरुलाई समाधान गर्न लागिपर्ने बताउनु भयो । महिला तथा बालवालिकाहरु माथि हुने घरेलु हिंसा लगाएतका बिभिन्न हिंसाहरुमा कडा रुपमा लाग्नेमा जोड दिंदै स्थानियतहको लक्षित बजेटमा उल्लंघन भएको जानकारी भएमा जिल्ला प्रशासनमा खबर गर्न आग्रह गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय डिएसपी जेसी शाहले राज्यनै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरू नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनु भयो । ईन्सेकले मानव अधिकार उल्लंघनका घटनामा पीडीतको संख्या एकिङ् गर्न , आमनागरिकलाई मानव अधिकारप्रति सचेत र सजग बनाउने कार्य गर्दै आउनु सह्रायिन भएको बताउनु भयो । अघिल्लो बर्षको तुलनामा यस वर्षमा घरेलु हिंसाका घटनाहरुको बृद्धि हुनुमा जनचेतनाको स्तरमा परिवर्तन आउनु भएको बताउनु भयो ।
राष्ट्रिय अनुसन्धानका प्रमुख योगेन्द्र केसी र सशस्त्र प्रहरीका डीएसपी गोपाल श्रेष्ठले इन्सेकको अभिलेखले राज्यका निकायलाई काम गर्न मार्गदर्शनको काम गरेको बताउनु भयो । मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरू नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनु भयो ।गैरसरकारी महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले शिक्षा , स्वास्थ्य , कृषि र खाद्ययका बिषयमा तिनै तहका सरकारहरु संवेदनशील हुन आबश्यक भएको बताउनु भयो । उँहाले अर्ध बार्षिक पूर्ब समिक्षामा इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका अभिलेखनलाई वर्षौंदेखि निरन्तरता दिइरहेको बताउँदै पुस्तकमा समेटिने सूचनालाई सत्य तथ्य बनाउन समीक्षाले मद्दत पु¥याउने बताउनु भयो ।
समिक्षा कार्यक्रममा माहुरी होम कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुरले इन्सेक मानव अधिकारको क्षेत्रमा काम गर्ने अग्रहणी संस्था भएको बताउनु भयो । इन्सेकले गरेको अभिलेख आफैमा महत्वपूर्ण भएको बताउनु भयो ।नियोकका जिल्ला संयोजक पशुपतिमणी त्रिपाठीले सरकारले ल्याएको स्वास्थ्य बिमा प्रभाव कारी नभएको बताउनु भयो । स्वास्थ्य बिमा गराएका नागरिकहरुले सो बापत उचित सेवा लिन नपाएको बताउँदै स्वास्थ्य बिमा भए पनि अस्पताल जाँदा बाहिर औषधी किन्नु पर्दा स्वास्थ्य बिमाको कुनै औचित्य नभएको बताउनु भयो ।माहुरी होमका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठ नेपालीले महिला बालबालिकाका घटनाहरु बढ्दै गएको हुँदा समाज परिवर्तन ल्याउन शिक्षाको आवश्यकता भएको बताउनु भयो । स्थानिय तहमा न्यायीक समिती सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।
बुद्धदर्पण राष्ट्रिय दैनिकका सम्पादक पार्वती पाण्डेले इन्सेकले गरेको कार्यको प्रशंसा गर्दै स्थानियतहमा लक्षित वर्गका लागि छुट्याईने बजेट लक्षित बर्गले संचालन गर्न पाउने अधिकारको बिषयलाई इन्सेकले उठान गर्नुपर्नेमा जोड दिनु भयो । प्रतिवेदनमा प्रस्तुत गरिएको बिषयलाई कोडगर्दै सम्पादक पाण्डेले हिंसा पीडित महिलाहरुले समयमा न्याय नपाएको गुनासो आउनु दुखको कुरा भएको बताउनु भयो ।स्वयंमसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले इन्सेकले अभिलेख गर्ने घटनाहरु सत्य हुन्छन् भन्ने बिश्वास भएको बताउनु भयो ।
साथै मुद्दा फैसलामा ढिलाई हुँदा पीडितले धेरै समस्याहरु झेल्न बाध्य भएको बताउनु भयो । समिक्षा कार्यक्रममा हेटौडामा २ बर्ष अघि कपिलवस्तुकी चेली सुस्मिताको बिभत्स हत्या भएको थियो हाल सम्म मृतक सुस्मिताले न्याय पाउन नसकेको हुँदा सबैले पहल गरिदिन आग्रह गर्नु भयो ।दलित महिला संघका अध्यक्ष मायाँ नेपालीले नेपाल मानव अधिककार वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका अभिलेखनलाइ वर्षौंदेखि निरन्तरता दिंदै आएको भन्दै इन्सेकलाई धन्यवाद दिनु भयो ।यस्तै मानव अधिकार समूह बाणगंगाका अध्यक्ष ईन्दिरा पन्तले जुनसुकै घटनाको होस पीडितका समस्याहरुको सत्यतथ्य रुपमा बुझेर मात्र अभिलेख गर्ने कार्यले नै इन्सेकले गर्ने कार्य प्रशंसनिय भएको बताउनु भयो ।
कार्यक्रममा सहभागि एक पीडितले दाईजो कम ल्याएको भन्दै सासु , ससुराले र पतीले कुटपिट गर्ने , खानलाउन नदिएको र बिवाह भएको डेढ बर्षमा अदालतमा छोडपत्रको मुद्दा लगाएको पिडा पोख्नु भयो । मधेशमा दाईजो कम भए सहज रुपमा बाँच्न गाह्रो छ विबाह पश्चात रु। ३ लाख परिवारले मागेका थिए मैले दिन सक्दिन भनेपछि कुटपीट गरेर घरदेखि निकालेको भन्दै भकानो छाडेर रुनु भयो ।कार्यक्रममा सहभागिहरुले नेपाल मानव अधिककार वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका अभिलेखनलाइ वर्षौंदेखि निरन्तरता दिंदै आएको हुँदा सत्य तथ्य विवरणलाई मात्र पुस्तकमा समेट्न सुझाव दिएका थिए ।मानव अधिकार निगरानी समुहकी जिल्ला संयोजक पुस्पा रेग्मीको अध्यक्षतामा गैसस महासंघ , मानव अधिकारकर्मी , संचारकर्मी लगायत बिभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया