बाणगंगा, १० असार ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आन्तरिक आयमा बृद्धि गरेको छ । चालु आव ०७८/०७९ मा बाणगंगाले आन्तरिक राजश्व ४ करोड ३७ लाख बराबर उठाउने लक्ष्य राखेको थियो । तर, जेष्ठ मसान्तसम्म बाणगंगामा लक्ष्यको १ सय १७ प्रतिशतले राजश्वमा बृद्धि भएको छ । हालसम्म बाणगंगामा ५ करोड १३ लाख आन्तरिक राजश्व उठेको छ । असान्त मसान्तसम्म यो बढेर जाने नगरको अपेक्षा छ ।
आव ०७९,०८० को बार्षिक बजेट प्रस्तुत गर्दै नगरपालिकाकी उपप्रमुख रीता कुमारी थारुले उक्त जानकारी दिएकी हुन् ।
बाणगंगाले चालु आवमा ९० प्रतिशत बजेट खर्च हुने अपेक्षा राखेको छ । चालु आवमा बाणगंगाले १ अरब २८ करोड ३२ लाख बराबरको बजेट ल्याएको थियो ।
नगर उपप्रमुख थारुले ११ औं नगरसभामा आगामी आर्थिक बर्षका लागि १ अरब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।
प्रतिक्रिया