कृषि

कपिलवस्तुका किसान हरेक वर्षझै यस वर्ष पनि मल, बीउ र पर्याप्त सिँचाई सुविधाको अभावमा ।।




कपिलवस्तु असार १० ।
रासायनिक मल, धानको बीउ र पर्याप्त सिँचाई सुविधाको अभावमा कपिलवस्तुका किसान हरेक वर्ष खेतीपाती गर्ने बेला समस्यामा पर्ने क्रम हटेको छैन । लामो समयको खडेरीका विच मुख्य खेती धान रोपाइँ गर्ने बेला नजिकिदै जाँदा कपिलवस्तुका किसान भने मल, विउ र सिँचाइ सुविधा अभावमा समस्यामा परेको गुनासो गरेकाहुन् । तराइको अन्न भण्डारकका रुपमा समेत परिचित कपिलवस्तुका किसानले तत्काल रासायनिक मल, धानको विउ र सिंचाइको भरपर्दो व्यवस्था मिलाइ दिन सरकार सँग माग गरेका छन् ।तर सरकारले अनेक बाहना गरेर कृषकहरुलाई झुक्काइरहेको उनीहरुको आरोप छ ।
नेपाल कृषि प्रधान देश भनिएता पनि धान रोपाईको सिजन सूरु हुंनै लाग्दा सम्म युरिया, डिएपी मल र पानी चाहिएको बेला कृषकहरु त्यसबाट बंचितहुनु परेको छ । लामो समयको खडेरीले मानिस कतै पानी माग्दै महादेवको पुजा गरेका छन् भने बल्लतल्ल राखेको विउ समेत सुक्न थालेकाले किसान थप चिन्तीतहुन परेको बुद्धभुमीका कृषक अम्मर प्रसाद आचार्य बताउनुहुन्छ । कुल खेती योग्य जमिन ८३ हजार हेक्टर रहेको कपिलवस्तुमा ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेतीहुने गर्दछ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६